विश्वकप: समस्यामा अर्जेन्टिना, गोलरक्षक खेल्न नसक्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विश्वकप: समस्यामा अर्जेन्टिना, गोलरक्षक खेल्न नसक्ने



विश्वकपको मुखैमा आएर अर्जेन्टिनाका पहिलो रोजाईका गोलरक्षक चोटग्रस्त भएका छन् । अर्जेन्टिना तथा म्यानचेस्टर युनाइटेडका पहिलो रोजाईका गोलरक्षक सर्जिओ रोमेरो चोटका कारण विश्वकप फुटबलमा खेल्न नसक्ने भएका छन् ।

उनी घुँडाको चोटका कारण विश्वकपमा मैदान बाहिर हुने भएका हुन् । ३१ वर्षका रोमेरोले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट ९४ खेल खेलेका छन् । उनी सन् २०१४ को विश्वकपमा खेलेका थिए । फाइनलमा जर्मनीसँग पराजित हुँदा पनि उनी टिममा थिए र खेलेका पनि थिए ।

अब अर्जेन्टिनाको टिममा चेल्सीका विली काबालेरो जसले दुई पटक राष्ट्रिय टिमबाट खेलेका छन् र रिभर प्लाटीका फ्रान्को अर्मानी रिजर्भ गोलरक्षकका रुपमा छन् ।

रोमेरो खेल्न नसक्ने भएपछि अब प्रारम्भिक टिममा परेका नाहुएल गुज्म्यानलाई टिममा ल्याइने सम्भावना छ । अर्जेन्टिनाले आफ्नो विश्वकप यात्राको सुरुवात जुन १६ मा आइसल्याण्डसँगको खेलबाट सुरु गर्नेछ । समूह डी मा अर्जेन्टिना र आइसल्याण्डसँगै नाइजेरिया र क्रोएसिया पनि छन् ।

अर्जेन्टिनाका प्रशिक्षक जोर्गे साम्पाओलीले एक दिनअघि मात्रै रोमेरोसहितको २३ सदस्यीय टोली घोषणा गरेका थिए ।