आर्थिक स्थिति कमजोर भएपछि उपचारको लागि सहयोगको अपिल - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

आर्थिक स्थिति कमजोर भएपछि उपचारको लागि सहयोगको अपिल



विशाल पाण्डेय / सुखड ,कैलाली ।

कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडि नगरपालिका वडा नं ४ रामपुरमा बाबु मङ्गल बहादुर चौधरी र आमा रामप्यारी चौधरीको घर परिवारमा २०६८ साल फागुन २२ गते खुसी छायो । त्यो खुसी हो छोरी कृपा जन्मिदाको । तर त्यो खुसी धेरै टिक्न सकेन किनकि कृपाको उमेर १ वर्षको नपुग्दै उनी रुन थालिन ,के कारणले रोइन भन्ने कुरा बाबु आमालाई थाहा भएन । पछि उनलाई कैलालीको धनगढी लगियो त्यहाँको औषधी लगातार चलाउँदा कृपा रुन छाडिन तर तिन्को टाउको भने झन् भन्दा झन् बिस्तारै बढ्दै गयो ।

उपचारको लागी उनलाई भारतीय बजार पोलिया पनि लगियो र अन्त्यमा उनी १ वर्षको हुँदा लखनउ लगियो लखनउमा थाहा भयो कि उनको टाउकोमा पानी जमेको छ भनेर । डाक्टरको सल्लाह अनुसार उनलाई अप्रेसन गर्न पर्ने भयो । अप्रेसन गर्दा करिब १ लाख भारु(नेपाली रु.१ लाख ६० हजार) लाग्ने तर अप्रेसन को जिम्मेवारी पनि आफू नहुने भने पछि आफ्नो आर्थिक स्थिति कमजोर रहेको र जिम्मेवारी पनि नलिने हुँदा अप्रेसन नगराएको मङ्गलले बताए ।

आफू सङ्ग भएको ५ कट्ठा जमिन बेचेको र गाउलेहरु सङ्ग लिएको ऋण गरी ५ लाख खर्च पहिले नै गरेको हुँदा अहिले आफू सङ्ग घर बास मात्र रहेको बताए ।आफूले त्यो ऋण पनि अझै तिर्न सकेको छैन अलि अलि कमाएको पैसाले ब्याज तिर्न मात्र ठिक्क हुने उनी बताउछ्न ।

उता आमा रामप्यारी ले पनि आफू सङ्ग अब यै घर बास बाकी छ यै पनि बेच्यो भने कता गएर बस्ने हो ,अरू अलि अलि भएको जग्गा यसलाई औषधी गर्दा सकियो डाक्टरले ५ वर्ष अगाडि १ वर्ष भन्दा बाच्दिन भने पछि झन् आस मर्‍यो गहभरि आशु झार्दै भनिन । उनी भन्छिन आर्थिक स्थितिको कारणले औषधी उपचार गर्न सकिएन र यसलाई हेरिरहन पर्ने हुँदा अरू तिर काम गर्न पनि मिल्दैन ,यस्तो लाग्छ कि यो मरे हुन्थ्यो आशु झार्दै भनिन ।

अहिले घरमै साइकल पन्चर टाल्ने , साइकल बनाउने र अरूको खेतको बटैया गरेर जसो तसो गुजारा चलाउँदै आएको मङ्गलले बताए । उनी भन्छ्न ५ वर्ष देखी पैसा नभएर उपचार नगरी बसेको,आफ्नो बच्चाको यो हाल देखेर उपचार गर्ने पैसा नहुँदा मरे हुन्थ्यो जस्तो लाग्छ ।आफन्तले पनि खासै सहयोग नगरेको उनले बताए ।

कृपाको आमा रामप्यारिले भने आफ्नो आर्थिक स्थिति कमजोर छ औषधी गर्न अहिले त ५/६ लाख चाहिन सक्छ पुरानै पैसा तिर्न सकेको छैन कसरी औषधी गर्ने उनले दुखेसो पोखिन । साथै बुवा मङ्गल र आमा रामप्यारीले यदि आर्थिक सहयोग भयो भने उपचार गर्न सकिने बताए । साथै सहयोगको अपिल समेत गरेका छान ।

सहयोगका लागी :-
बिरामीको नाम : कृपा चौधरी (६ वर्ष )
बिरामीको बुबाको नाम : मङ्गल बहादुर चौधरी
ठेगाना :घोडाघोडी नगरपालिका -४ रामपुर ,कैलाली ।
सम्पर्क नम्बर :९७४९१४४२५१ ,९८२५६४०१२२