अर्घाखाँचीका विजयी उमेदवारले एउटै सभाबाट फेरि सम्झिए प्रतिबद्धता ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अर्घाखाँचीका विजयी उमेदवारले एउटै सभाबाट फेरि सम्झिए प्रतिबद्धता !



कमल बिस्ट/अर्घाखाँची,२६ 

अर्घाखाँची जिल्लामा रहेको एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा वामपन्थी गठबन्धन बाट सबैठाउ जित निकालेका सांसदहरुले आज एउटै मञ्छमा सम्बोधन गर्दै आफूहरूले चुनाव अगाडि गरेका प्रतिबद्धतालाई फेरि सम्झदै ती प्रतिबद्धतालाई पुनः स्मरण गरेका छन्  । मुख्य निर्वाचन कार्यालयले प्रदान गरेको विजयीको प्रमाणपत्र ग्रहण पछि गठबन्धनले आयोजना गरेको विजयी आमसभामा बोल्दै प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, प्रदेश सभा १ का सदस्य चेतनारायण आचार्य र प्रदेश सभा २ का सदस्य रामजीप्रसाद घिमिरेले सम्बोधन गर्दै आफूहरूले चुनाव जित्न नभई जिल्ला र देशको मुहार फेर्नलाइ गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताउनुभयो, अर्घाखाँची लाई शिक्षा, स्वास्थ्य , रोजगार, सन्चार, पर्यटन , बाटो आदि सबै हिसाबले देशकै नमुना जिल्ला बनाउनेमा अब वामपन्थी जनप्रतिनिधिहरु केन्द्र, प्रदेश र स्थानीय तह सम्म सबै लागिपर्ने बताउनुभयो ।

गठबन्धन बिसन्धिखर्को टुडिखेलबाट सुरु भएको विजय ¥याली सन्धिखर्क र चुत्रावेशीका विभिन्न भागमा परिक्रमा गरी सन्धिखर्कको शान्ति वगैचामा पुगी सभामा परिणत भएको थियो । सभालाई प्रतिनिधि सभा सदस्य पदका विजयी उम्मेदवार टोपबहादुर रायमाझी, प्रदेश सभा क्षेत्र नं. १ का विजयी उम्मेदवार चेतनारायण आचार्य, क्षेत्र नं. २ का उम्मेदवार रामजी प्रसाद घिमिरे, नकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा वाम गठबन्धनका प्रचार प्रसार समिति संयोजक चन्द्र बहादुर खड्का उज्जवल, एमाले पाँच नम्बर प्रदेश सदस्य पिताम्वर भुसाल, माओवादी केन्द्र, माओवादी केन्द्रकी प्रदेश सभा समानुपातिक उम्मेदवार छमकुमारी खनाल चिनारी लगायतले सम्बोधन गर्नुभएको थियो ।एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको अर्घाखाँचीमा तिन ओटै सिटमा वाम गठवन्धका उम्मेद्वारहरुले विजयी हासिल गरेका छन् । वाम गठबन्धनका प्रतिनिधि सभा सदसय पदका उम्मेदवार टोपबहादर रायमाझीले विजयी हासिल गर्नु भएको छ ।

माओवादी केन्द्रका प्रभावशाली नेताका रूपमा रहनु भएका रायमाझीले काँग्रेसका नेता डा राम बहादुर विसीलाई १८ हजार २ सय ९३ को फराकिलो मत अन्तरले पछि पार्दै विजयी हुनु भएको हो । प्रदेश सभा क्षेत्र नं. १ मा एमालेका जिल्ला अध्यक्ष समेत रहनु भएका चेतनारायण आचार्यले काँग्रेसका उम्मेदवार विष्णु खनाल मुस्कानलाई १० हजार ६ सय १४ मतको फराकिलो अन्तरले पछि पार्दै विजयी हासिल गर्नु भएको छ । यस्तै प्रदेश सभा क्षेत्र नं. २ मा पनि वाम गठबन्धनकै उम्मेदवार एमाले निवर्तमान जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरेले ८ हजार ९ सय मतको पराकिलो अन्तरले पछि पार्दै विजयी हासिल गर्नु भयो ।