अर्घाखाँचीमा फेरी अर्को महा-संग्राम - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अर्घाखाँचीमा फेरी अर्को महा-संग्राम



दोस्रो संविधान सभाको चुनावमा अर्घाखाँची क्षेत्र न १ मा रोचक भिडन्त भएको थियो र अहिले प्रतिनिधि सभाको लागि अर्घाखाँची एउटा क्षेत्र भए पनि भिडन्त उही पुराना नेताहरूको हुँदै छ  । दोस्रो संविधान सभा को क्षेत्र न १ बाट उठेका दुई हस्ती ड़ा .मान बहादुर बिसी र नेता टोप बहादुर रायमाजी बिच हुँदै छ  । काँग्रेसको पकड क्षेत्र मानिए पनि पहिलो र दोस्रो संविधान सभा मा क्षेत्र न.१ बाट रायमाझी लगातार जित्दै आयका छन्  ।

माओवादीका प्रभावसाली नेता मानिने टोपबहादुर रायमाजी बाबुराम भटराईका विश्वास पात्र मानिने गर्थे तर पछिल्लो समयमा भटराईले पार्टी छाडेपछि उनले बेला बेला भटराईलाई नै विभिन्न आरोप आरोप लगाउने गरेका छन्  । पटक पटक मन्त्री बनेका रायमाजी पाँच न. प्रदेशकालाई बचाउने अभियान कर्ता पनि हुन्   ।

नागरिक मा भने रायमाजीको खासै काम गरेन भन्ने आरोप पनि लाग्दै आयको छ पटक पटक मन्त्री बनेको नेताले आफ्नो क्षेत्रमा एक दुई ओटा काम गर्दैमा गरे भन्न मिल्दैन भन्ने जमात पनि धेरै छ   ।

शान्त र सरल खाले नेता हुन् ,काँग्रेसका उम्मेदवार डा .बि सी धेरै जसो जिल्ला बासीलाई राजधानीमा विभिन्न सहयोग गर्दै आयका उनी फेरी पनि अर्घाखाँचीबाट नै उठ्दै छन् धेरैको आकलन बिसीलाई जित्न मुस्किल पर्ने देखिए पनि तर केही व्यक्तिले भने उनको व्यक्तित्वलाई देखेर पनि भोट बिसी पाउनेमा दाबी गर्छन्  ।

बाम गठबन्धन भए  पनि एमालेका धेरै भोट आफूले पाउनेमा बि सी विश्वस्त छन्  । स्थानीय चुनावको नतिजा हेर्ने हो भने यसै भन्न नसकिने तर दुई नेतामा रोचक भिडन्त हुने देखिन्छ अर्घाखाँचीमा ६४ को पहिलो संविधान सभाको चुनाव मा क्षेत्र न.१ बाट टोपबहादुर रायमाजी र २ मा पुष्पा भुषालले चुनाव जितेकी तहीं भने ७० मा १ न क्षेत्रमा रायमाझीले जितेका थिए  भने २ मा एमाले नेता दुमन थापा चुनाव जितेका थिए  ।