मन्दिर निर्माण गर्न ५० लाख सहयोग - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मन्दिर निर्माण गर्न ५० लाख सहयोग



अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ७ भगवतीका एक युवाले मन्दिर निर्माण गर्न करिब ५० लाख सहयोग गर्ने भएका छन् । आकाशदेवी मन्दिर भगवती ताराखसेमा मन्दिर व्यवस्थापन समितिको स्वीकृत पाई भगवतीका हिरामणी न्यौपाने सन्तोषले मन्दिर निर्माण गर्न लागेका हुन् ।

न्यौपाने भन्छन्, ‘पछिल्लो समयमा युवा पिँढीमा धार्मिक आस्था हराउँदै जानु दुःखद भएको छ, आफ्नो धर्मलाई भुल्नु हुँदैन यहाँ पक्की राम्रो मन्दिर बनाउने संकल्प लिएको छु, अब मन्दिर निर्माणको काम अगाडि बढाउँछु । मन्दिर निर्माण गर्नका लागि लाग्ने सबै खर्चको प्रतिबद्धता जनाएको छु, करिब अनुमानित ४० देखि ५० लाख मन्दिर निर्माण गर्न खर्च हुने अनुमान छ, अव मन्दिर निर्माणको काम अगाडि बढाउँछु ।

उनी भन्छन्– आफ्नो धर्मलाई संरक्षण गनुपर्छ, दुई चार पैसा कसैले दिदैँमा धर्म परिवर्तन गर्न हुदैँन, ९० प्रतिशत हिन्दु भएको नेपालमा राज्यले पनी हिन्दु धर्म नेपाल घोषणा गर्न ध्यान दिनुपर्छ । बाउबाजेको पालादेखि नै स्थापना गरेको मन्दिर भएकाले आफूहरू यही मन्दिरको आर्शिवादले प्रगति गरेको बताउँदै हिन्दु धर्मलाई जोगाउने मेरो दायित्व हो– सन्तोषले भने ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डे भन्छन्, यहाँ हरेक हप्ताको आईतबार, सोमबार, मंगलबाट पूजापाठ हुन्छ, दशैँमा ठुलो मेला लाग्छ, महाशिवरात्री लगायतका चार्डपर्वमा यहाँ मेला लाग्ने गर्छ ।

पाण्डे भन्छन्– हप्तामा ३ दिन गरिने पूजालाई सधैभरी गर्ने गरी तयारी गर्दै छौँ ।’स्थानीय गाउँलेहरू भन्छन्– यहाँको लागि आवश्यक मन्दिरमा हिरामणीले गरेको कामको प्रशंसा गर्दै यहाँ राम्रो मन्दिर बनाउन करिव ५० लाखको अनुमान छ, विगतका दिनमा पनि समाजसेवाको काम गरेकाले अहिले पनि राम्रो मन्दिर निर्माणमा विश्वस्त छौँ ।

हिरामणी गीतकार, कथाकार, संगीतकार, फिल्म निर्माता तथा धार्मिक क्षेत्रमा महत्व राख्ने व्यक्ति हुन् ।