अर्घाखाँची कि इन्दिराको रात्री बस सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घाखाँची कि इन्दिराको रात्री बस सार्वजनिक (भिडियो सहित)



गायिका इन्दिरा गैरेको रात्री बस बोलको गीत हालै सार्वजनिक भएको छ ।  झण्डै १ दर्जन गीत बजारमा ल्याएकी इन्दिराले यो गीतसँगै थप पहिचान बनाएकी छन् ।गायिका गैरेले उक्त  गीतले अन्य गीत भन्दा  चर्चा पाउने आशा गरेको  पनि बताईंन  ।

बुटवल र सेरोफेरोलाई समेटिएको उक्त गीतमा इन्दिरा र दिनेश पाण्डेले स्वर दिएका छन् । उक्त गीतको लय दिनेश पाण्डेले बनाएका हुन्  । इन्दिरा र दिनेशको संयुक्त प्रस्तुतीमा गीत बजारमा आएको छ  ।

उक्त गीतलाई  निर्देशक अशोक बिकले निर्देशन गरेका छन् । अर्जुन सापकोटाले छयांकनमा  सुमन परियार र सुस्मिता गैरेले  अभिनय गरेका छन्  ।