अर्घाखाँचीका सबै वडामा पिच बाटो पुर्‍याउने नेपालको पहिलो जिल्ला बनाउछौ : रायमाझी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अर्घाखाँचीका सबै वडामा पिच बाटो पुर्‍याउने नेपालको पहिलो जिल्ला बनाउछौ : रायमाझी



कमल विष्ट/अर्घाखाँची,१७ 

पूर्व उपप्रधानमन्त्री तथा वाम गठवन्धका प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार टोप बहादुर रायमाझीले अर्घाखाँची जिल्ला हरेक वडामा बाटो पुर्‍याउने देशकै पहिलो जिल्ला भएकोले अब ती बाटाहरुलाइ कालोपत्रे गरी अर्घाखाँची लाई हरेक वडामा पिच बाटो भएको देशकै पहिलो जिल्ला बनाउने बताउनुभएको छ, वाम सरकारले मुलुकलाई समृद्ध बनाउने ठोकुवा गर्दै उहाँले वामगठवन्धनको सरकारले एक घर एक रोजगारको कार्यक्तम लागू गरी वेरोजगारी समस्यालाई समाधान गर्ने बताउनु भयो ।

छत्रदेव गाउँपालिकाको केरुङ्गको रिठाका रुखमा भएको विशाल चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वाम पन्थी नेतृत्वको स्थिर सरकारले वृद्धा भत्तालाई पाँच हजार रुपैयाँ पु¥याउने बताउनु भयो । नेता रायमाझीले अर्घाखाँचीलाई अबको पाँच वर्षमा नमुना जिल्ला बनाउने दाबी समेत गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रकी प्रतिनिध सभा सदस्य पदकी समानुपातिक उम्मेदवार सुसिला श्रीपालीले वाम गठबन्धनको विजयी सुनिश्चत देखेपछि प्रतियावादी शक्तिहरू अताल्लिएको बताउनु भयो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा वाम गठबन्धन निर्वाचन परिचालन समितिका प्रचार प्रसार समितिका संयोजक चन्द्र बहादुर खड्का उज्जवले काँग्रेसले लामो समय सम्म सत्ताको नेतृत्व गर्दा पनि जनमुखी कार्यक्रमहरू लागू गर्न नसकको भन्दै काँग्रेसले देश विकास नसक्ने ठोकुवा गर्नु भयो । नेकपा एमालेका जिल्ला अध्यक्ष तथा वाम गठबन्धन प्रदेश सभा क्षेत्र नं. १ का उम्मेदवार चेतनारायण आचार्यले अर्घाखाँची जिल्लालाई कृषि पर्यटन र घरेलु उद्योगको माध्यमबाट समुन्नत बनाउने बताउनु भयो ।

उहाँले सहकारीको माध्यमबाट हरेक क्षेत्रको विकास गर्न योजना वद्ध रूपमा अगाडी बढ्ने बताउनु भयो । नेकपा एमालेका केन्द्रीय सल्लाहकार डा डिल्लीराज खनालले वामपन्थी नेतृत्वको सरकार निर्माण भएपछि कोही पनि नागरिक रोग भोक र अभावबाट पिल्सिनु नपर्ने बताउनु भयो । कार्यक्रम नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तथा छत्रदेव इन्चार्ज भविश्र पाण्डेको अध्यक्षता रामलाल पराजुलीको स्वागत मन्तव्य र भोज राज पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।