अर्घाखाँचीको हंसपुरमा जिप दुर्घटना, ९ जनाको मृत्‍यु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अर्घाखाँचीको हंसपुरमा जिप दुर्घटना, ९ जनाको मृत्‍यु



अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोटतर्फ जाँदै गरेको  जिप हंसपुरको रतनमारे नजिकै आइतबार दिउँसो तीन बजेतिर दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको छ । दुर्घट्नामा ६ जना घाइते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।  घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ ।
सन्धिखर्कबाट दिउसो १ बजे छुटेको लु १ ख ४८७८ नम्बरको जिप हंसपुर ५ र ९ को बीचमा पर्ने सडकबाट करिब सात सय मिटर तल खसेको हो  । दुर्घटनामा परि मृत्यु हुनेमा गाडी धनि नारायण राना समेत रहेका छन् ।  जिपमा १७ जना यात्रु सवार थिए ।
घटनास्थलमा प्रहरी उद्धार तथा खोजी कार्य भइरहेको प्रहरीले  जानकारी गराएको छ ।  गाडी दुर्घट्ना भएको स्थान उकालो छ । गाडी चालक गुल्मीका उत्तम श्रीस अहिले प्रहरी चौकी हंसपुरको नियन्त्रणमा रहेको बताइएको छ ।
मृतकको विवरण अहिले सम्म आउन सकेको छैन ।