नेपाली कलाकारको रोजाई अज्रेन्टिना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाली कलाकारको रोजाई अज्रेन्टिना



काठमाडौं ।

विश्वभर विश्वकपको रौनक छाएको समयमा अहिले समर्थकहरुले आफ्नो आफ्नो समर्थन खुलेर जनाई रहेका छन् । एकअर्काको बिचमा आफूलाई मन पर्ने टिमको समर्थन गरेर सामाजिक सञ्जालमा समर्थकहरु एकअर्का बिचमा दोहोरी गरिरहेका छन् । जर्सीमा सजिएर समर्थकहरु आफ्नो आफ्नो मन पर्ने टिमको बलियो समर्थन गरिरहेका छन् ।

नेपाली सेलिब्रेटिहरुले पनि आफूलाई मन पर्ने टिमको समर्थन खुलेआम गरिरहेका छन् । युवा स्टार अनमोल केसीले यसै क्रममा आफू मेस्सीको एकदमै ठूलो फ्यान भएको बताएका छन् । आफू मेस्सीको फ्यान भएको कारण विश्वकप अज्रेटिनाले जित्नु पर्ने उनले बताएका छन् । उनले जर्मनी बलियो टिम भएतापनि मेस्सीले अहिलेसम्म आफ्नो टिमलाई वल्डकप दिलाउन नसकेकोले यसपालि अज्रेन्टिनाले जित्नु जरुरी भएको बताएका छन् ।

सबैको आफ्नो आफ्नो रोजाइ र विचार हुने भएको बताउने अनमोलले अरु देशका समर्थक तथा आफ्ना फ्यानहरले आफूले अज्रेन्टिनाको पक्षमा बोल्दा केही भनेपनि गम्भीर रुपले नलिने बताए ।

अनमोल जस्तै केदार घिमिरे, खगेन्द्र लामिछाने, दिपकराज गिरी, निश्चल बस्नेतm गायक प्रमोद खरेल, नायिका केकी अधिकारी, पूजा शर्मा तथा निरुता सिंहले आफू मेस्सीको फ्यान भएको बताए । उनीहरुले पनि यसपटक अज्रेन्टिनाको समर्थन गरेको बताएका छन् ।