अरबाज खान नै आइपिएलको सट्टेबाजीमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अरबाज खान नै आइपिएलको सट्टेबाजीमा



काठमाडौं– भारतको महाराष्ट्र प्रहरीले इन्डियन प्रिमियर लीग (आईपीएल) मा सट्टेबाजी केसको अनुसन्धानको सिलसिलामा अभिनेता अरबाज खानलाई समाह्वान (समन) पठाएको छ । ठाणे प्रहरीले उनलाई शनिवार अनुसन्धानमा सहयोग गर्न पत्र पठाएको हो ।

अरबाज सुपरस्टार सलमान खानका भाइ हुन् ।

केही दिनअघि सट्टेबाज सोनू जालानलाई पक्राउ गरेर सोधपुछ गरिएपछि यो समन जारी गरिएको हो । सोनुले धेरै हस्तीहरूको पैसा सट्टेबाजीमा लगाएको बताए ।

प्रहरीका अनुसार, सोनूको घरमा एउटा डायरी फेला परेको छ । त्यसमा अनेकौं बसलउड सेलेब्रिटी, कन्ट्य्राक्टर र बिल्डरको नाम छ । सयभन्दा धेरै सट्टेबाजहरूको मोबाइल नम्बर पनि छ ।

क्राइम ब्रान्चका सूत्रहरूले सोनूको सम्पर्क विदेशमा पनि रहेको र दुबईमा म्याच फिक्सिङका लागि उसले मीटिङ गराइसकेको बताए । त्यसमा प्रसिद्ध व्यक्तिहरू पनि थिए । कुन म्याचलाई फिक्स गर्नका लागि यो बैठक बसेको थियो
त्यसको जानकारी जुटाइँदैछ ।

एजेन्सी