संविधान संसोधनको प्रकृया चाँडै : सभामुख - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

संविधान संसोधनको प्रकृया चाँडै : सभामुख



काठमाडौँ, कात्तिक १५ गते । सभामुख ओनसरी घर्तीमगरले संविधान संसोधनका लागि आवश्यक ऐन कानून निर्माणको प्रकृया चाँडै सुरु हुने बताउनुभएको छ ।

रिपोटर्स क्लबले आज आयोजना गरेको संविधान संसोधन र कार्यान्वयनका लागि दबाबमूलक देउसी भैलो कार्यक्रममा बोल्दै उहाँले दलहरुका बीचमा संविधान संसोधनका लागि आवश्यक सहकार्यको वातावरण बनाउन आफूले भूमिका निर्वाह गर्दैआएको बताउनुभयो ।

यसैबीच भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्ययले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । “भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपालमा हुन लागेको भ्रमणले दुवै देशको सम्न्धलाई थप उँचाइमा पु¥याउनेछ,” रिपोटर्स क्लबले आज आयोजना गरेको देउसी भैलो कार्यक्रममा उहाँले भन्नुभयो ।

रासस