अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको तयारी पुरा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको तयारी पुरा



ओम प्रकाश बानियाँ 

तेर्स्रो अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकप २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ ।

न्यु स्टार फुटबल क्लब बराह ५ को आयोजना एबम बराहक्षेत्र नगरपालिकाको संयोजनमा यही फाल्गुन २६ देखि चैत्र ३ गते सम्म हुने प्रतियोगितामा ८ वटा टिमहरु क्रमश आयोजक न्यु स्टार फुटबल क्लब बराह ५, विर्ता युनाइटेड क्लब झापा, मोरङ युनाइटेड क्लब मोरङ, रास्टिय जागृती क्लब ईटहरी, रेड हर्ष क्लब ईलाम, बराह ट्रेनिङ सेन्टर बराह, कन्चनजङा एकेडेमी भारत र चर्च ब्याईज क्लब काठमाडौको सहभागिता रहने कुरा आयोजक कमिटीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

खेलमैदान एबम करिब १५०० दर्शकको क्षमता भएको प्याराफिटको निर्माण कार्य पुरा भएको समेत आयोजकले जानकारी दिएको छ ।

उक्त प्रतियोगिता सम्पन्न गर्नेको लागि अनुमानित आय वाय सार्वजनिक गरेको छ । जस मध्ये आयमा बराहक्षेत्र नगरपालिका ले रु ५ लाख, रास्टिय खेलकुद परिषदले रु ३ लाख र अन्य प्रायोजक, सह-प्रायोजक, विभिन्न संघ सस्था, टिकट विक्री आदि १४ लाख ५५ हजार गरी जम्मा २२ लाख ५५ हजार रहेको छ भने खर्चमा पुरस्कार र ट्रफी गरी ४ लाख ८५ हजार टिम फेयर ८ लाख ३५ हजार र अन्य गरि जम्मा २२ लाख ५५ हजार अनुमानित खर्च हुने आयोजक कमिटीले बताएको छ ।

उक्त प्रतियोगिताको विजेताले नगद रु २ लाख सहित ट्रफी हात पार्ने छन् भने उप-विजेताले नगद रु १ लाख सहित ट्रफी हात पार्ने छन् । खेलमा उत्कृष्ट प्रदर्शनका आधारमा प्रत्येक खेलका म्यान अफ द म्याच ५ हजार, प्रतियोगिताको सर्बउत्कृष्ट खेलाडी रु १५ हजार, सर्वाधिक गोल कर्ता रु १० हजार र राईजिङ प्लेयर रु ५ हजार गरी विभिन्न विधामा खेलाडीहरुलाई पुरस्कृत गर्ने कुरा न्यु स्टार फुटबल क्लबका अध्यक्ष भेष राज कार्कीले बताउनु भयो ।

दोस्रो भरौल आमन्त्रित गोल्डकपको विजेता आयोजक न्यु स्टार फुटबल क्लब रहेको थियो भने उप विजेतामा रेड हर्ष क्लब ईलाम रहेको थियो ।