आङ्काजी शेर्पा ! जातीयताको कुरा ल्याएर जनता भड्काउने काम नगर। - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आङ्काजी शेर्पा ! जातीयताको कुरा ल्याएर जनता भड्काउने काम नगर।



कर्ण बहादुर अधिकारी।

नेपाल आदिवासी जनजाति माहासंघका पूर्व महासचिव आङ्काजी शेर्पाको बिचार र व्यवहार देख्दा यिनको विषयमा केही लेख्न बाध्य भए।न त म जातीय विरोधी नै हुँ न त देश द्रोहि नै तर आज नेपाल र नेपालीको स्वाभिमानलाई नै धावा बोली रहेको सिके रावत र आङ्काजी शेर्पाको वर्तमान अवस्था बुझ्दा चाहिँ यिनीहरूको व्यवहार प्रति दया जागेर आउँछ।यिनीहरू नै हुन देश द्रोहि यिनीहरू नै हुन बिखण्डनकारी आज ती सोझा सिधा मदेशी जनता र आदिवासी जनजातिको दिमाख भुट्न तल्लीन छन्।नेपालको राजनीति इतिहासमा नेतृत्व गर्न सक्ने क्षमता हुँदा हुँदै पनि कहिले काहि यिनीहरूको व्यवहारले गर्दा नेपाली नेपाली बिच नै सद्भाव बिथोलिन्छ की भन्ने चिन्ता हो।

नेपालमा रहेका क्षेत्री बाहुनहरूको विषयमा सधैँ भरी टिका टिप्पणी गर्ने शेर्पाले हिजो राष्ट्र निर्माता श्री ५ बडा महाराजा धिराज पृथ्वी नारायण शाहको जन्मोत्सव एवं राष्ट्रिय एकता दिवसका दिन कृतिपुरमा गरिएको कु कार्य अर्थात् पृथ्वी नारायण शाहको नाममा थुक्ने कार्य भएकोमा घोर भर्त्सना गर्दछु।नेपाल एकिकरणका अभियन्ता पृथ्वीले चाहे राज्य बिस्तार होस चाहे एकिकरण नै किन नहोस् आज विश्व मानचित्रमा नेपाल र नेपाली भन्ने पहिचान दिएर गएका छन्।

यिनको मनस्तिष्कले पनि काम गर्नु पर्ने हो नेपाल र नेपाली ठुलो की जात ठुलो?सधैँ भरी जातीयताको कुरामानै अलमल रहने शेर्पाको पछि लाग्ने जनता पनि कस्तो?यिनको फेसबुक प्रोफाईलमा पनि हेर्न सक्छौ नेपाल आदिवासी जनजाति माहासंघको महासचिव रे।यिनलाई नेपाल भन्ने परिचय कसले दियो?आज एक्काईसौ शताब्दीमा पनि जातीयताको कुरा ल्याउने यिनी कुन संसारमा छन्?आङ्काजी तपाईँ जस्तो नेतृत्व गर्ने व्यक्तिले जातीयताको कुरा छाडेर हामी सबै नेपाली हौ भन्ने भावनाले अगाडी बढ्नु होस्।

पृथ्वी नारायण शाहले एकिकरण गरेको भूभागलाई त बचाउन नसक्नेले किन पृथ्वीका बारेमा नचाहँदो टिका टिप्पणी गर्छौ।लडाइको मैदानमा उत्रिए पछि कि त मरिन्छ कि त मारिन्छ।महाभारतको युद्ध,रामायणको युद्ध,हिटलरले गरेको युद्ध अझै भनौ माओवादीले राज्य सत्ताका लागि गरेको १० बर्से जनयुद्ध के ती युद्धमा निर्दोष मान्छे मरेका थिएनन्? त्यस विषयमा ज्ञान हुँदा हुँदै पनि जातीयताक विषयमा विवाद ल्याएर किन सोमालिया,इराक,सिरीया बनाउन खोज्दै छौ।

कुन चाहिँ क्षेत्री बाहुनले जन जातीको विषयमा नराम्रो अभिव्यक्ति दिएको कतै सुनिएको छ?छैन त्यसैले जातीय सद्भाव बिथोल्नेका अभियन्ता नै आङ्काजी हुन।विगतमा केही थिचो मिचो भएको थियो होला तर आज त्यो दिन छैन।२३७ बर्से राजतन्त्रको अन्त्य भई सकेको अवस्था छ।अब जो सक्षम छन् तिनीहरू अगाडी बढ्न सक्छन्।त्यसैले यस्ता बिखण्डन कारी भावना सृजित गरेर एक जाती र अर्को जाती बिच लडाउने काम बन्द गर।यसैमा तिम्रो कल्याण हुने छ।हैन भने समय बदल्दो छ भोलि कस्तो अवस्था सृजित हुन्छ न त त्यो तपाईँले कल्पना गर्न सक्नु हुन्छ न त हामीले नै।