काठमाडौँ १ बाट अनिल शर्मालाई जिताउनुपर्ने ८ कारण - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

काठमाडौँ १ बाट अनिल शर्मालाई जिताउनुपर्ने ८ कारण



काठमाडौं-

देश चुनावमय भएको छ, चिया पसल देखि रिशोर्ट सम्म, सहर देखि गाउँका खेत बारी सम्म अहिले केही चिजको चर्चा छ भने त्यो चुनाव नै हो । लामो समय पछि जनताले आफ्नो प्रदेश देखि केन्द्र सम्मको प्रतिनिधि चयन गर्ने मौका पाएका छन् ।

लामो समय देखि आम जनताले युवाको हातमा देशको नेतृत्व हुनुपर्छ भन्दै वकालत गर्दै आइरहेका छन् तर पनि अधिकांश उम्मेद्वारहरु पुरानै भएकाले जनता निराश बनेको बेला काठमाडौँ १ मा भने जनताले भनेजस्तै उम्मेदवार पाएका छन् ।

वाम गठबन्धनबाट काठमाडौँ १ का उम्मेदवार बनेका अनिल शर्मा ३५ वर्षका पनि पुगेका छैनन् । काठमाडौँलाई स्मार्ट काठमाडौँ बनाउने योजना सहित उदाएका शर्मालाई काठमाडौँ १ का जनताले जिताउनुपर्ने ८ वटा कारण यस्ता छन् ।

१ युवा नेता

अहिले आम जनमानसमा पुराना नेता र वृद्ध नेताले देशलाई गति दिन सकेनन् भन्ने आक्रोश भएको बेला अनिल शर्मा खोजेजस्तै उम्मेदवार बनेका छन् । युवामा हुने जोस र जाँगरले नयाँ तरिकाले विकास र समृद्धिलाई अगाडी बढाउन सक्छन् । नयाँ तरिकाले सोंच्न सक्छन् ।

२ उज्यालो अभियानका शुत्रधार

अनिल शर्मा तत्कालीन उर्जामंत्री जनार्दन शर्माको टिमलाई नेतृत्व दिएका व्यक्ति हुन । उज्यालो अभियानको प्रस्ताव पनि अनिल शर्माले नै ल्याएको बताइन्छ । उक्त समूहका एक व्यक्तिका अनुसार अनिल शर्माले जनताले लोडसेडिंगबाट निकै पिडा भोगेका छन् हरेक विकल्पलाई अध्ययन गरौँ तर लोडसेडिंग को अन्त्य गरौँ भन्ने प्रस्ताव ल्याएका हुन् ।

३ सिर्जनशील व्यक्ति

विद्यार्थी राजनीति कालमा शर्माले निकै सिर्जनशील र सङ्गठन बनाउन सक्ने नेताको रूपमा छवि बनाएका छन् । अरूलाई आरोप नलगाउने अनिल  हरेक कामलाई फरक तरिकाले कसरी गर्न सकिन्छ भनेर खोजी गरिरहन्छन । यसकारण पनि काठमाडौँको नेतृत्व उनले गर्न पाए भने केही नयाँ पन दिन सक्छन् ।

४ नयाँ पुस्तामा देशको नेतृत्व

पुरानो ढर्राबाट चलेको नेपाली राजनीति, पार्टी र समाजलाई नयाँ पुस्ताको नेतृत्वले परिवर्तन गरिदिन सक्छ । नयाँ पुस्ताबाटकाम गर्ने जोस, जाँगर देखि नयाँ आयाम समाजले पाउन सक्छ ।

५ शिक्षित नेतृत्व

केही गर्न नसक्नेले राजनीति गर्छन्, बेरोजगारले राजनीति गर्छन्, अशिक्षितले राजनीति गर्छन् भन्ने पुरानो मानसिकतालाई अनिलले चिरेका छन् । उनी स्नातक गरिसकेका छन् । एउटा शिक्षित नेताले देशको नेतृत्व गर्दा अवश्य फरक पर्छ । त्यसैले अनिल यो पक्षमा पनि अब्बल छन् ।

६ अनुभवी

उमेर सानो भए पनि राजनीतिक हिसाबले अनिल अनुभवी छन् । द्वन्दकाल देखि राजनीति सुरु गरेका अनिलले भूमिगत राजनीति देखि सत्ता सम्मको राजनीतिलाई नजिक बाट बुझेका छन् ।

७ सबैलाई समान ब्याबहार गर्ने

सबै हिसाबले आफ्नो सङ्गठनमा अनिल निकै नम्र, भद्र र रणनैतिक छन् । सङ्गठनभित्र गुट र उपगुट हुँदा पनि कहिले गुटगत राजनीतिलाई प्रसय नदिने उनी सबैलाई समान ब्याबहार गरेको उनकै विद्यार्थी सङ्गठनका पदाधिकारीहरू बताउँछन ।

८ नयाँ सोंच

राजनीति र समाजलाई फरक तरिकाले अगाडी बढाउने वकालत गर्ने अनिल नयाँ सोंच र बिचारले गर्दा पार्टीमा उदाएको एमाओवादीका नेताहरू बताउने गर्छन् ।

उर्जामंत्री जनार्दन शर्माले पनि वैचारिक रूपमा उनी भन्दा भाइ अब्बल छन भन्ने कुरा स्वीकार गर्छन् । उनी भन्छन् म यो ठाउँमा पुग्नुमा अनिलको ठुलो हात छ । त्यसैले काठमाडौँ १ का जनताले उसलाई जिताउँदा धेरै राम्रो हुने उनी बताउँछन् ।