एनका २०१६-१७ सत्रको बार्षिक कार्यक्रम हुदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एनका २०१६-१७ सत्रको बार्षिक कार्यक्रम हुदै



साउथ अस्ट्रेलिया |

एडीलेड नेप्लिज क्रिकेट एशोसियनले ( एनका) वार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने भएको छ । एनका खेलकुद सत्र १६-१७ को अन्त्यसंगै आयोजना हुने उक्त बार्षिक कार्यक्रम यहि २८ अप्रिल तारिकका दिन बेलुका ६ बजे देखि १० बजे सम्म टेस्ट अफ हिमालय रेस्टुरेन्टमा आयोजना गरिएको क्रिकेट एशोसियनका अध्यक्ष बिजय जोशीले बताए । जोशीका अनुसार क्लबको बार्षिक प्रगति बिवरण प्रस्तुति , खेलाडीहरुलाई सम्मान पत्र बितरण , सांस्कृतिक प्रस्तुतिहरु लगायतका कार्यक्रमहरु रहने छन् ।

उक्त कार्यक्रममा लिबरल सांसद जिंग लि , एडीलेड सिटि काउन्सिल , स्टडी एडीलेड , गैर आवाशीय नेपाली संघ तथा नेपाली संघसस्थाका पदाधिकारीहरुको र स्पोन्सरहरुको उपस्थिति रहनेछ । साउथ अस्ट्रेलियन क्रिकेट एशोसियनसंग सहकार्य गर्दै नेपाली समुदाय भित्र रहेका क्रिकेट खेलाडीहरुको प्रतिभालाई प्रस्फुटन गर्न मंच प्रदान गर्दै आएको क्लबले छोटो समयमा राम्रो सफलता प्राप्त गर्न सफल भएको छ ।

खेलकुद सत्र २०१६ / १७ मा एडीलेड नेप्लिज क्रिकेट एशोसियनले आयोजना गरेका र सहभागिता जनाएका कार्यक्रमहरु

  • रक्तदान कार्यक्रम : सेप्टेम्बरमा एनकाले अस्ट्रेलियन रेडक्रससँगको आयोजना गरेको पहिलो रक्तदान कार्यक्रममा करिब ३० रक्तदातहरुको सहभागिता रहेको थियो
  • संसद भवनमा कार्यक्रम : सेप्टेम्बर २३ तारिकका दिन साउथ अस्ट्रेलियाको संसद भवनमा संसाद जिंग लिको आयोजनामा करिब ३० खेलाडीहरु बीच अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न भएको थियो।
  • समका टी -२० नक् आउट प्रतियोगितामा सहभागिता : नोभेम्बर आयोजना गरिएको साउथ अस्ट्रेलियन मेट्रो पोलीटियन क्रिकेट एशोसियन कन्ट्री होम लिभिंग टी -२० नक् आउट प्रतियोगितामा क्लबले सहभागिता जनाएको थियो जहाँ श्रीलंक टिमसंग पराजित भएको थियो।
  • बालबालिका लागि क्रिकेट : अक्टोबर – डिसेमबर २०१६ का बीचमा नेपाली समुदायका बालबालिकाको लागि माइलो इन्टु क्रिकेट कार्यक्रम आयोजना गरेको थियो। करिब १६ बालबालिकाहरुको सहभागिता रहेको थियो भने बालबालिकाहरुले अस्ट्रेलिया र साउथ अफ्रीकाको टेस्ट खेलमा समेत सहभागिता जनाएका थिए।
  • नेपाल कप : मार्चमा भएको नेपाल कपमा ब्रिसबेन र एनका बीच भएको खेलमा एनकाले सफलता हासिल गर्न सफल भएको थियो।
  • सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्ट: फेबुररीमा एडीलेडमा तेस्रो एक्स्पर्ट सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्ट आयोजना गरिएको थियो । फेबुररी १२ तारिकका दिन भिक्टोरिया पार्कको ओभल १ र २ मा भएको उक्त खेलमा नेपाली समुदाय बाट ८ टिमले सहभागिता जनाएका थिए ।
  • साका फ्रेन्डसिप कप : मार्चमा भएको साका फ्रेन्डसिप कपमा सहभागिता , स्टडी एडीलेड विरुद्ध जित हासिल गर्न सफल ।
  • एनका लिग टुरनामेन्ट : यस वर्षको खेलकुद सत्रमा क्लबले आयोजना गरेको एनका लिग टुरनामेन्ट बृहत रुपमा सफल भएको थियो जहाँ एनका सुर्य टिमले जित हासिल गरेको थियो ।
  • २०१६ /१७ सत्रमा एडीलेड युनिभर्सिटीसँग भएको मैत्रीपूर्ण खेलमा एनकाले जित हासिल गरेको थियो ।
  • २०१६/१७ मा खेलाडीहरुको कौशल अभिवृद्धिको निम्ति अम्पायर र कोचिंग ट्रेनिंग लिएका थिए।
  • २०१६/१७ सत्र समापन कार्यक्रम ।