अनमोलले भने अर्जेन्टिनाले विश्वकप जितोस् - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अनमोलले भने अर्जेन्टिनाले विश्वकप जितोस्



काठमाडौं । जेठ ३१ गते बिहीबारदेखि सुरु भएको ‘विश्वकप फुटबल २०१८’को रौनकले नेपालीलाई पनि निकै छोएको छ । नेपाली बजारमा पनि विश्वकपको रौनकले जताततै विभिन्न देशका जर्सीहरु धमाधम बिक्री भइरहेका छन् । बच्चादेखि वृद्धसम्मले जर्सी किन्न होडबाजी नै चलेको छ । आ–आफ्नो टिमको सपोर्टमा जर्सी लगाएर शहरमा युवायुवती हिडिरहेको देखिन्छ । विश्वकप फुटबलले नेपाली चलचित्रका कलाकारलाई पनि छोएको छ ।

फुटबलको क्रेजले नायक अनमोल केसीलाई पनि छपक्कै छोएको छ । झन्, यसपटक उनी आफै फुटबल खेलाडी बनेकाले उनमा विश्वकपको रौनक बढ्नु स्वभाविक नै हो । चलचित्र ‘क्याप्टेन’मा फुटबल खेलाडी बनेका अनमोलले आफू सानैदेखि अर्जेन्टिनाको फ्यान भएको बताए । उनले भने– ‘म सानैदेखि अर्जेन्टिनाको फ्यान हुँ । झन्, मेस्सीको त ठूलो फ्यान हुँ।’

तर, उनले ३२ वटै राष्ट्र विश्वकपका लागि उत्तिकै दावेदार भएको बताए । पोर्चुगल, ब्राजिल, जर्मनी, स्पेन, फ्रान्स, बेल्जियमको खेल पनि उत्कृष्ट रहेको भन्दै उनले आफूलाई यसपटक अर्जेन्टिनाले विश्वकप जितोस् भन्ने लागेको बताए । उनले अगाडि थपे–‘मेस्सीले अहिलेसम्म विश्वकप जिताउन सकेका छैनन् । यसैले, यसपटक उनको सपना पुरा होस् भन्ने चाहन्छु ।’