प्रवासी मजदुर सङ्गठन (एमटियु कोरिया) के हो र किन आवश्यक छ ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रवासी मजदुर सङ्गठन (एमटियु कोरिया) के हो र किन आवश्यक छ ?



उदय राई/दक्षिण कोरिया

कोरियामा प्रवासी मजदुरहरू १९८७ देखि आएर काम गर्ने थालेको हो भन्ने कुरा कोरियाको त्यस समयमा प्रकाशित पत्रपत्रिका थुंगह्वा इल्बो समाचारबाट थाहा पाउन सकिन्छ। कोरियामा प्रवासी मजदुर आएदेखि नै प्रवासी मजदुरहरूको समस्या सृजना हुन् थालेको थियो । प्रवासी मजदुरलाई कोरियन कानुन लागु नगर्ने अनि प्रवासी मजदुर सम्बन्धी छुट्टै कानुन नभएको हुनाले प्रवासी मजदुर शोषित पीडित हुँदै गयो उनीहरूले मजदुरले पाउने कुनै अधिकार,तलब सेवा सुविधा पाउन सकेनन् प्रवासी मजदुरको मानव र मजदुर अधिकार हनन हुने क्रम जारी रह्यो ।

प्रवासी मजदुरले पनि आफूलाई गरिएको शोषण दमनको विरुद्धमा आवाज उठाउन थाल्यो सङ्गठित हुने थाल्यो १९९४ मा औधोगिक दुर्घटना बिमा सबै प्रवासी मजदुरले पाउनु पर्ने माग राखी धर्ना दिई अन्दोंलन गरेको थियो । यही आन्दोलन नै कोरियामा प्रवासी मजदुरले गरेको पहिले आन्दोलन हो ।

यस पछि औधोगिक प्रशिक्षण प्रणाली (Indurtrial Tranning System)खारेजी गरी कार्य भिसा प्रणली (Work permit system) लागु गर्नु माग गर्दै विभिन्न आन्दोलनहरू गरिएको थियो २००३ को नोवेम्बरमा बिना भिसा काम गरिरहेको प्रवासी मजदुरलाई भिसा दिनु पर्ने ,धरपकड बन्द गर्नु पर्ने डब्लुपीएस लागु गर्नु पर्ने माग राख्दै प्रवासी मजदुरहरूले सउल म्यंगदोंगमा ३८१ दिनसम्म धर्ना बसेको थियो यस पछि कोरियामा प्रवासी मजदुरहरू सङ्गठित भई सरकार र कम्पनी मालिकसग आफ्नो मागहरू राखी सङ्घर्ष गर्न छुट्टै स्वतन्त्र प्रवासी मजदुरको मजदुर सङ्गठनको आवश्यकता महसुस गरी गठन गर्ने निर्णय गरेको थियो प्रवासी मजदुरको मजदुर ३ अधिकार छन् (.(१)मजदुर सङ्गठन खोल्न पाउने अधिकार (२) माग राखी वार्ता गर्न पाउने अधिकार (३) कम्पनीसग वार्ता विफल भएमा हड्ताल गर्ने अधिकार ) यो अधिकार कोरियाको मजदुर कानुन र संविधानको धारा ३३ ले सुनिस्थित गरेको छ संयुक्त राष्ट्र सघले (UN) १९४८ डिसेम्बर १० मा गरेको मानव अधिकार घोषणा पत्रको धारा २५ को उपधारा ४ मा सबै मानिस(मजदुर) आफ्नो अधिकार(भलाइ ) रक्षालागि मजदुर सङ्गठनको गठन र सदस्यता लिन पाउने छ भनी तोकिएको छ ।

सबै किसिमको जातीय (नस्लाबाद) भेदभाव निर्मुल गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय कन्भेन्शनको धारा ५ (E) १ मा काम ,पेसा छनोटको स्वतन्त्रता ,निस्पक्ष र उचित काम गर्ने सर्त ,बेरोजगारबाट रक्षा ,समान काम ,समान ज्याला,मजदुर सङ्गठनको गठन र सदस्य बन्न पाउने अधिकार सुनिश्चित गएको छ ILO सङ्गठनको स्वतन्त्रता र सगठित हुने अधिकारको रक्षा सम्बन्धी कन्भेन्सन ८७ (Convention on freedom of association and protection of the right to organize (No. 87)र मजदुर सङ्गठनको गठन लगायत वार्ता गर्ने(सौदाबाजी)अधिकार सम्बन्धी कोंभेन्शन न ९८(Convention on the right to organize and the right to collective bargaining (No. 98) मा मजदुरको अधिकार सुनिश्चित गरिएको छ । यिनै ३ अधिकार अन्तर्गत यो प्रवासी मजदुर सगठन गठन गरिएको हो ।

धर्नामा सहभागी प्रवासी मजदुरको नेतृत्वमा सन २००५ अप्रिल २४ तारिक प्रवासी मजदुर सङ्गठन (एमटियु)को गठन गरिएको थियो । यो प्रवासी मजदुर सङ्गठन प्रवासी मजदुर स्वयमले स्वतन्त्र रूपमा प्रवासी मजदुरको मजदुर ३ अधिकार प्राप्त गर्नकोलागि गठन गरिएको विश्वको पहिले प्रवासी मजदुर सङ्गठन(एमटियु) हो ।एमटियु गठन भएको १० वर्ष पश्चात् कोरियन सरकारबाट मान्यता प्राप्त गरी सउल क्षेत्रीय श्रम कार्यलयमा दर्ता भएको छ ।प्रवासी मजदुरहरू स्वयमले गठन गरेको मजदुर सङ्गठनलाई सम्बन्धित देशको सरकारबाट कानुनी मान्यता प्राप्त गरी दर्ता भएको विश्वको पहिलो प्रवासी मजदुर सङ्गठन पनि यो एमटियु नै हो।

यो मजदुर सङ्गठनमा कोरियामा रहेको सबै प्रवासी मजदुर सङ्गठनको सदस्य पदाधिकारी बन्न सक्ने छन् कोरियन मजदुर यो मजदुर सङ्गठनको सदस्य ,पदाधिकारी बन्न निषेध गरिएको छ एमटियुको सदस्य स्वयमले सगठनको पदाधिकारीहरुको मतदान गरी चुनिने गरिएकोछ एमटियु सदस्यको सदस्य शुल्क र आर्थिक सहयोग कार्यक्रमबाट संकलित रकमबाट सगठन सञ्चालन भइरहेको छ कोरियामा प्रवासी मजदुरको शख्या वृद्धि भइरहेको अवस्था छ त्यसको तुलनामा प्रवासी मजदुरको हक अधिकार अझै पनि सुनिश्चित नभएको अवस्था छ प्रवासी मजदुरलाई गरिने शोषण दमन,भेदभाव जारी छ ।

काम गर्ने अवस्थाको (Working condition)अति नाजुक छ कम्पनी परिवर्तन गरिने कुटपिट,जबर्जस्ति काम गर्नु पर्ने ,तलब नपाउने ,थेजिक्गुम नपाउने समस्याहरू प्रवासी मजदुरहरूले भोगिरहेको छन् बिरामी हुँदा आराम गर्न र उपचार गर्न नपाइरेहेको अवस्था छ कम्पनीले गर्ने यस्तो व्यवहारमा कुनै सुधार आउने सम्भावना छैन। यसको मुख्य कारण प्रवासी मजदुरले कम्पनी स्वइच्छाले परिवर्तन गर्न नपाउनु हो सबै अधिकार कम्पनी मालिकमा हुनु हो ।प्रवासी मजदुरहरूले कम्पनी र सरकारलाई आफ्नो कानुनले तोकेको आधारभूत अधिकारहरूलाई मान्यता दिनकोलागि बाध्य गराउन साथै प्रवासी मजदुरको अस्तित्व कायम राख्नकोलागि प्रवासी मजदुर सङ्गठन (एमटियु) स्थापना गरिएको हो।

प्रवासी मजदुर सङ्गठन(एमटियु)क्षेत्रीय मजदुर सङ्गठन हो यसको सउल ख्यंग्गी इन्छन क्षेत्रमा ८ वोटा शाखा छ (उइजुग्बु ,सउल ,किम्पो ,इन्छन ,आन्सान,सुवन ,ओसान,फ्यन्गथेक शाखा ) तर कोरिया अधिराज्यको सबै क्षेत्रमा काम गर्ने प्रवासी मजदुरहरू एमटियुको सदस्य हुन पाउने छन् महिनामा १ पटक शाखाको बैठक बस्ने छ भने प्रत्यक वर्ष साधारण सभा हुने छ साधारण सभाबाट वार्षिक गतिविधिको मुल्याकन र भावी कार्यक्रमहरू पारित गरी गतिविधि गरिने छ एमटियुले प्रवासी मजदुरलाई कम्पनीमा परेको समस्या (तलब,थेजिकगुम,औधोगिक दुर्घटना )समाधानकोलागि वोकिल मार्फत समाधान गर्न सहयोग गरिराखेको छ प्रत्यक वर्ष अन्तर्राष्ट्रिय मजदुर दिवस (मेडे) अगुष्ट महिनामा इपिएस खारेज, अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिवसको अवसरमा प्रवासी मजदुरहरू सगठित भएर आफ्नो अधिकारको बारेमा माग राखी सरकारलाई माग पुरा गराउन दबाब दिन गर्दै आइरहेको छ केसीटियु लगायत अन्य विभिन्न प्रवासी मानव अधिकार संघसस्थासग एक्यबद्धता गर्दै प्रवासी मजदुरको हक अधिकार भन्दा कम्पनी मालिकको अधिकारलाई प्राथमिक दिई बनाइएको रोजगार अनुमति प्रणाली(इपिएस)खारेजीकोलागि सघर्ष गरिरहेको छ ।

प्रवासी मजदुर सङ्गठन (एमटियु) को कोरियन सरकारसगको मुख्य मागहरू साथै सङ्घर्षको लक्ष्य

(1) प्रवासी मजदुरको अधिकार हनन गर्ने रोजगार अनुमति प्रणाली (इपिएस ) खारेज (कोरियामा प्रवासी मजदुरलाई नियन्त्रण गर्न लागु हुने इपिएस कानुनको मात्र खारेजी हुनु पर्ने ,प्रवासी मजदुर छनोट प्रक्रिया भाषा परीक्षा कायम रहने छ )

(2) सबै अधिकार(स्वतन्त्र कम्पनी परिवर्तन गर्ने लगायत ) सुनिश्चित भएको कार्य भिसा प्रणाली (डब्लुपीएस) लागु हुनुपर्ने

(3) मजदुर ३ अधिकार सुनिश्चित हुनु पर्ने

(4) थेजिकगुम कोरियामा नै पाउनु पर्ने

(5) कृषि क्षेत्रको मजदुरलाई भेदभाव गर्ने मजदुर कानुनको धारा ६३ खारेज हुनुपर्ने

(6) बिना भिसाको सबै प्रवासी मजदुरलाई भिसा दिनु दिनु पर्ने

(7) धरपकट बन्द गर्नु पर्ने
8 ) प्रवासी मजदुरलाई गरिने सबै भेदभाव बन्द हुनु पर्ने ,

(9) प्रवासी महिलाहरूको हक अधिकार सुनिश्चित हुनु पर्ने ,

उदय राई
अध्यक्ष एमटिय दक्षिण कोरिया