फिल्मबाट लामो समय ब्रेक लिने तयारीमा आमिर ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

फिल्मबाट लामो समय ब्रेक लिने तयारीमा आमिर !



बलिउड सुपरस्टार आमिर खान अचेल नयाँ फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङमा व्यस्त छन् । खबरअनुसार, यो फिल्मको सुटिङ सकिए लगत्तै उनी लामो समय ब्रेक लिने तयारीमा छन् ! हरेक वर्ष एक फिल्म ल्याउने आमिर आफ्नो पूरा क्रियटिभिटी र मेहनत त्यही फिल्ममा खर्च गर्ने गर्छन् । आमिरले ‘ठग्स अफ हिन्दुस्तान’ पछि कुनै नयाँ प्रोजेक्ट साइन गरेका छैनन् ।

यो फिल्मको सुटिङ सकिएपछि उनी लामो ब्रेक लिने मूडमा छन् । खबरअनुसार, आमिर केही समय ठूलो पर्दालाई छाडेर आफ्नो ऊर्जा र क्रियटिभिटीलाई सानो पर्दाको ‘सत्यमेव जयते’ र पानी फाउन्डेशन जस्ता प्रोजेक्ट्समा लगाउन चाहेका छन् । प्राप्त जानकारी अनुसार आमिर सोसल लेभलको यी प्रोजेक्ट्समा आफ्नी पत्नी किरण रावसँग काम गर्न चाहन्छन् । बीचमा आमिरले एस.एस. राजामौलीको प्रोजेक्ट ‘महाभारत’ मा काम गर्ने इच्छा देखाएको खबर बाहिर आएको थियो । तर, यस बारेमा आमिरले आफ्नो फैसला फाइनल गरिसकेका छैनन् । यो प्रोजेक्टको गर्ने विषयमा उनी अझै पनि दोधारमा छन् ।