अमेरिकामा एकै परिवारका ३ नेपालीको मृत्यु ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अमेरिकामा एकै परिवारका ३ नेपालीको मृत्यु !



अमेरिकाको टेक्सस स्थित फोर्टवर्थ सहरमा हिजो आइतबार साँझ स्थानिय समय अनुसार ८:१० मा सडक दुर्घटनामा परि एकै परिवारका ३ नेपालीको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । सन् २०१० मा झपाको बेलडाँडी शरणार्थी शिविरबाट अमेरिका आएका डम्मर कामी सहित उनका परिवारका ३ सदस्यको मृत्यु र ४ सदस्य घाइते भएका हुन ।

दुर्घटनामा परि ५३ वर्षीय डम्बर कामी, ४५ बर्षिया पवित्रा कामी, ४ महिने बालक स्यारोन दर्जीको मृत्यु भएको छ भने २४ वर्षीय रुपा कामी, १४ वर्षीय मोनी लोकन्द्री र ४ बर्षिया रिना कामी तथा अर्को एक जना घाइते भएका छन् । जसमध्ये गम्भीर घाइते भएकी रुपा कामीको यति बेला आईसियुमा राखी उपचार भई रहेको छ ।

नेपाली समाज टेक्सासले यस घटनाप्रति दुख व्यक्त गर्दै सार्वजनिक गरेको सूचना अनुसार मृतकहरुको शनिवार अन्त्यष्टि गरिने भएको छ । अन्तिम संस्कारका लागि र घाईतेहरुको उपचारमा लागि सहयोग गर्ने व्यक्तिहरूले थप जानकारीका लागि मृतक डम्मर कामीका छोरा लक्ष्मण लगुनको सम्पर्क नम्बर ६८२२०३३१७७ र नेपाली समाज टेक्सासका सदस्य सुदिप अधिकारीलाई ८१७ ८५२९२८९ लाई सम्पर्क गर्न सकिने बताइएको छ ।