आखिर त्यस्तो के बाध्यता हुन्छ जसले कलाकारलाई लुगा खोल्न बाध्य बनाउछ ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आखिर त्यस्तो के बाध्यता हुन्छ जसले कलाकारलाई लुगा खोल्न बाध्य बनाउछ !



हिमाल  पोस्ट /कात्तिक ३ 

आफूलाई लोक गायिका साथै मोडेलको रूपमा चिनाउन चाहाने लक्ष्मी आचार्यले सेमी न्युड फोटो शूट गरेकी छन् । उनका रेकर्डेड गीत हरुले खासै पहिचान बनाउन सकेका छैनन् तर युट्युब च्यानल तिरका टक सोहरुमा उनको अश्लील लाग्ने हाउभाउ सहितका रमाइला भिडियोहरू ठिक ठिकै सङ्ख्यामा हेरिएका छन् ।

उनको बोलीचाली हाउभाउ र लुक्स ले कतैबाट पनि उनी लोक कलाकार हुन जस्तो लाग्दैन तर पनि उनले लोक सङ्गीत कै बाटो बाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेको बताई रहदा दर्शकहरू भने उनलाई गायिकाको रूपमा स्वीकार्न सकिन्छ कि सकिन्न भन्ने दोधारमा रहेको देखिन्छ । उनका भिडियो तथा फोटोहरुमा निकै धेरै सङ्ख्यामा नराम्रा र अश्लील कमेन्टहरू आएको देख्न सकिन्छ ।

आम श्रोताहरुले गायिकाको रूपमा स्वीकार नगरेपनि नेगेटिभिटी चाहिँ गज्जबले बिक्छ हेरिन्छ र पैसा पनि कमाईन्छ भन्ने बुझेर नै ग्ल्यामरको नाममा कपडा उतार्न थाल्दछन भनेर कलाकार माथि लगाइने गरेको आरोपलाई उनले पनि खुसी खुसी स्वीकार गरेको देखियो । जतिसुकै अश्लील कमेन्ट आएपनि त्यसलाई आफूले बाल नदिने कुरा उनी आफै अन्तर्वार्ताहरुमा बताउँदै आइरहेकी देखिन्छिन ।

शारीरिक बनोट हेर्दा उनको उमेर ३५/३६ वर्ष हाराहारी भएको देख्न सकिन्छ तर उनी भने आफ्नो उमेर २३ वर्ष मात्र भएको बताउछिन । पेट मा देखिएका रिंकल हरू लाई फोटोग्राफरले लुकाउन जतिसुकै कोसिस गरे पनि सकेको देखिँदैन । एक पटक धोल्लिएको महिला देहमा पुनः ग्ल्यामर फर्काएर न आउने रहेछ जति सुकै नन्ग्याएपनि भन्ने कुरा नागरिक शुक्रवारमा छापिएका उनका तस्बिरहरू हेरेपछि प्रस्ट हुन्छ ।

आखिर त्यस्तो कुन बाध्यता हुन्छ जसले कलाकार लाई लुगा खोल्न बाध्य बनाउछ । चाडै चर्चित हुने लालसा, मनग्य पैसा कमाउने लालच र स्टारडमको अभिलाषा ले महिला हरुलाई लुगा खोल्न उत्प्रेरणा दिने गरेको आंकलन गर्न सकिन्छ तर के सबै लुगा उतारेका महिलाहरुले चर्चा पाएका छन् त ? यो प्रश्न लुगा खोल्नु अगाडी महिलाहरुले बुझ्नु पर्ने हो ।

यो देशको नागरिक भएको नाताले कानुनले निर्दिष्ट गरेको दायरा र दिएको छुट लाई आफ्नो विवेक अनुसार उपयोग र उपभोग गर्नु उनको अधिकारको कुरा हो ! त्यस कुरामा उनको आलोचना गर्ने छुट कसैलाई भए पनि त्यसो नगर भनेर रोक लगाउने अधिकार कसैलाई छैन । यदि हुँदोहो भने यस्ता फोटाहरू आउदैन थिए कि ।

अर्को कुरा राष्ट्रिय स्तरका भनिएका पत्रिकाहरू जुन आफैमा ब्राण्ड हुन उनीहरूले ब्राण्ड निर्माण पनि गर्छन् । कलाकारमा स्टारडम थप्ने काम ठुला पत्रिकाहरुले गर्ने गरेको पाइन्छ । कुन कलाकार लाई चढाउने र कसको क्यारियरलाई ओरालो लाग्ने बनाउने भन्ने सम्म तय गर्ने हैसियत भएका पत्रिका हरुले के आधारमा यस्ता फोटा हरू छाप्छन त्यो भने बुझ्न गाह्रो हुँदै गैरहेको आभास भइरहेको छ । पत्रिकामा छापिएको फोटोको कारण कलाकारको मात्र होइन पत्रिकाको स्तरमा पनि बढोत्तरी आउनुपर्छ भन्ने सामान्य सम्पादकीय मान्यता हरुलाई थाँती राखेर अचेल पत्रिका हरू प्रायोजित तस्बिर हरू खिचेर प्रकाशित गर्दछन् । या नि पैसा तिरेपछि जोसुकैको फोटो पनि पत्रिकामा प्रकाशित हुन्छ भन्ने मान्यता सामान्य हुँदै गैरहेको आभास हुन थालेको छ ।

कलाकार हुँ भनेर आफूले आफैलाई घोषणा जसले पनि गर्दछ  । कलाकारितामा आफ्नो दर्जा आफैले तोक्ने हरू पनि धेरै छन् । यसरि पुरै कपडा खोलेर आक्रामक रूपमा कलाकारितामा प्रवेश गरेका धेरै युवती हरू अहिले नामोनिसान नभेटिने गरी हराइसकेका उदाहरणहरू हामी अगाडी धेरैवटा छन् । चलचित्र क्षेत्रमा त टिक्न सकेन उखरमाउलो ग्ल्यामर स्वरूप भने लोक साङ्गीतिक जगतमा कसरि दिगो होला र ? उखरमाउलो ग्ल्यामर सँग अलिकति गायकी मिसाएर र आफ्नो हाउभाउलाई अलिकति मोर्डनाइज्ड गर्ने भने केही आशा गर्न सकिएला तर लक्ष्मी आचार्यको बोलीको ट्युन सुन्दा युवा पुस्ताले भन्ने गरेको “पाखे पन” झल्कन्छ । यस्तै यस्तै अन्य कारणहरुले गर्दा कलाकारितामा उनी लामो यात्रा तय गर्न सक्दिनन भन्ने देखिन्छ।

लक्ष्मी आचार्यलाई नेम एण्ड फेमको शुभकामना ।