एडीलेडमा आज दशैं कप हुदै - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

एडीलेडमा आज दशैं कप हुदै



एडीलेड|

नेपालीहरुको महान पर्व बडा दशैं नजिकिदै गर्दा विश्व भरि रहेका नेपालीहरुले शुभकामना आदान प्रदान गर्दै विभन्न कार्यक्रमहरु आयोजना गर्दै छन्। यस क्रममा साउथ अस्ट्रेलियामा रहेको एडीलेड खुकुरी फुटबल क्लबले आज बाट दुई दिने पाचौ दशैं कप आयोजना गर्दै छ। पार्क साईड ग्राउण्डमा हुने उक्त खेलमा ११ टिम सहभागी भएको क्लबका सचिब राजन लामिछानेले बताए। कार्यक्रममा नेपालीहरु संगै भुटानी , अस्ट्रेलियन, अफ्गानी र अन्य समुदायको समेत उपस्थिति रहने उनले बताए। कार्यक्रमको उद्देश्यको बारेमा बताउदै उनले भने ” विजय दशमीको शुभकामना आदान प्रदान गर्दै नेपाली समुदायलाई खेलकुदको माध्यम बाट एकिकृति गर्ने र समुदायमा खेलकुद कार्यक्रमहरुलाई बढाउने उद्देश्यका साथ हामीले बिगतका केहि वर्षहरु बाट नै यस प्रकारका कार्यक्रमहरु गर्दै आएका छन्।” कार्यक्रममा नेपाली खान , बालबालिकाहरुको लागि मनोरन्जनात्मक लगायतका कार्यक्रमहरु समेत समाबेश गरिएको उनले बताए।

बहुसांस्कृतिक समुदायका क्लबहरुको समेत उपस्थिति रहेको उक्त खेलको ग्रुप ए मा एकेएफसी, एलिजाबेथ फुटबल क्लब , नेपाली फुटबल क्लब रहेका छन् भने ग्रुप बी मा एडीएससी, एडीलेड युनाईटेड , एडीएससी ओरेन्ज रहेका छन। ग्रुपम ‘सी’मा एकेएफसी रेड, एडीलेड युथ फुटबल क्लब , किरात एभेरेष्ट सकर क्लब रहेका छन् भने “डी ” ग्रुपमा एकेएफसी वाईट , टिभी फुटबल क्लब मेलबर्न र थ्री केजी टिम रहेका छन। भोलि बिहान ९ बजे बाट सुरु हुने उक्त खेलमा पहिलो चरणमा १० खेल हुनेछन। चार ग्रुप क्वाटर फाईनलमा प्रवेश गर्नेछन जुन खेल सँगै सेमी फाईनल र फाईनल खेल २४ तारिक आईतबार सोहि स्थानमा हुनेछ। बिजेता प्रथम टिमलाई १२ सय अस्ट्रेलियन डलर र दोर्स्रो टिमलाई ६ सय डलर पुरस्कारको समेत रहेको क्लबले बताएको छ।