अझै मुक्त भएनन् कमलरी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अझै मुक्त भएनन् कमलरी



कान्तिपुर : धनगढी ,कैैैलाली । सरकारले कमलरी प्रथा उन्मूलन घोषणा गरे पनि कैलालीमा अझै पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । एक सर्वेक्षणअनुसार जिल्लामा अझै २८ जना कमलरी छन् । जमिनदार, व्यवसायी र विभिन्न पेसाकर्मीका घरमा कमलरी राखिएका छन् ।

जमिनदार, व्यवसायी र विभिन्न पेसाकर्मीका घरमा कमलरी राखिएका छन् । थारू समुदायका १५ वर्षमुनिका बालबालिका दैनिक १८ घण्टासम्म घरेलु श्रममा लगाइएका छन् । कमलरीहरूले घरमालिक बिहान उठ्नुअघिदेखि राति सुतिसकेपछि मात्रै आराम गर्न पाउने अवस्था रहेको मुक्त कमलरी विकास मञ्चले जनाएको छ ।

उनीहरूको वार्षिक ज्याला १५ हजारदेखि ३० हजारजति मात्रै हुने गरेको छ । मञ्चले हालै गरेको अध्ययनअनुसार केहीले सरकारी विद्यालयमा पढ्न पाए पनि अधिकांश शिक्षाबाट वञ्चित छन् । उनीहरूले बिरामी पर्दा, काम गर्ने बेला चोटपटक लाग्दासमेत स्वास्थ्य उपचार पाउँदैनन् ।
मञ्चकी सचिव सुजाता चौधरीले कमलरीलाई साहूले अभिभावकबाहेक अरूसँग भेटघाट गर्न नदिने भएकाले उद्धारमा समस्या भएको बताइन् । ‘अहिले पनि कसको घरमा कमलरी छन, पत्ता लगाइसकेका छौं,’ उनले भनिन्, ‘उद्धारमा प्रशासनिक सहयोग चाहियो ।’ राजनीतिक र राज्य शक्तिमा पहुँच भएका व्यापारी, शिक्षक, पेसाकर्मी र जमिनदारका घरमा कमलरी राखिएको चौधरीले बताइन् ।

संस्थाका अनुसार धनगढी उपमहानगरपालिकामा ३, कैलारी गाउँपालिकामा ४, भजनीमा १, लम्की–चुहा नगरपालिकामा ८, बर्दगोरियामा २, टीकापुर नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा ३/३ कमलरी छन् ।
साहूले अभिभावकमाथि थुपै प्रकारबाट आर्थिक भार थोपरेकाले उनीहरू आफ्ना बालबालिका छुटाउन मञ्जुर हुँदैनन् । सरकारले ०७० असारमा कमलरी मुक्तिको घोषणा गरेको थियो । उक्त संस्थाका अनुसार हालसम्म कैलालीबाट ३ हजार २ सय कमलरी मुक्त भएका छन् ।कान्तिपुरमा खबर छ । फाइल तस्बिर :