आजबाट ऐश्वर्यमय बन्दै सबै सिनेमाहल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आजबाट ऐश्वर्यमय बन्दै सबै सिनेमाहल



काठमाडौँ-
लामो समयदेखि प्रतीक्षा गरिएको चलचित्र ऐश्वर्य आजदेखि देशभरका हलहरुमा रिलिज हुँदैछ । विशेषत नेपाली फिल्ममा गरिएको नौलो प्रयोगले पनि चलचित्र ऐश्वर्य चर्चामा छ ।

यो चलचित्रमा दर्शकलाई पुरा मनोरञ्जन दिन निकै धेरै परीक्षण र प्रयास गरेको फिल्मका निर्माता तथा नायक रमेश उप्रेतीले बताएका छन् । ड्रामा, कमेडी, एक्सन लगायत सबैमा नयाँपन दर्शकले पाउनेमा विश्वस्त छु उनले भने ।

“तिमी रोएको पल” बोलको गीतले पनि चलचित्रलाई चर्चामा ल्याउन सहयोग गरेको छ । त्यतिमात्र होइन चलचित्रको ट्रेलरले पनि दर्शकलाई उत्तिकै आकर्षित गरेको छ ।

प्रशान्त ताम्राकारको डाइलगबाजी र  भिलेनगिरिलाई बढी रुचाइएको उक्त चलचित्रको ट्रेलर पनि निकै मनोरञ्जनात्मक छ । रमेश उप्रेती, केकी अधिकारी, प्रशान्त ताम्राकर, दिपिका प्रसाई, अर्जुन श्रेष्ठ, केशव भटराई लगाएतको अभिनय रहेको ऐश्वर्य ठुलो बजेटको चलचित्र हो ।