आफ्नै अस्तित्व र शक्ति भएको पार्टी हो कांग्रेस : नेता लेखक - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

आफ्नै अस्तित्व र शक्ति भएको पार्टी हो कांग्रेस : नेता लेखक



काठमाडौँ,असोज ३०  ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले नैतिकताको आधारमा सरकार छोड्नु पर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले सत्ता नछोड्नु सत्ता कब्जाको उदाहरण भएको टिप्पणी गरेका हुन् ।

नेता लेखकले वाम एकता र चुनावी तालमेलले कांग्रेसलाई कुनै असर नपार्ने बताए । ‘कांग्रेस राणाविरुद्ध एक्लै लड्यो, पञ्चायतसँग एक्लै लड्यो, राजतन्त्रसँग लड्यो’, लेखकले भने, ‘आफ्नै अस्तित्व र शक्ति भएको पार्टी हो, हामी कसैसँग डराउँदैनौँ ।’

आगामी केन्द्र र प्रदेशसभाको निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने भन्दै नेता लेखकले वाम एकताको आयु लामो नहुने पनि दाबी गरे ।

वाम एकता सत्ता र सरकारको लागि रचिएको नाराको संज्ञा दिँदै नेता लेखकले राष्ट्रहित विपरित वामपन्थीहरु उभिएको बताए ।

‘संसारमा लोकतान्त्रिक शासन प्राणाली स्थापित भइसकेको स्थितिमा निर्वाचनमा बहुमत ल्याएर नेपालमा फेरी कम्युनिस्ट शासनको अभ्यास गर्न खोज्नु लोकतन्त्रको मुल्य भन्दा बाहिर जानु हो’, उनले भने ।

त्यस्तै कार्यक्रममा एमालेका सचिव भिर्माजुन आचार्यले वाम एकताबाट कांग्रेसलाई नडराउन आग्रह गरेका छन् । वाम एकताले राजनीतिक स्थायित्व गर्ने दावी गर्दै सचिव आचार्यले लोकतान्त्रिक मुल्य मान्यताका आधारमा मुलुकको विकास गर्नेमा एमाले अघि बढेको बताए ।

बहुदलीय जनवादमा पुग्ने नेपालका कम्युनिस्टहरुको एउटै बाटो भएको भन्दै एमाले र माओवादीबीच एकताको बहस सुरु भएको जानकारी दिए।

‘नेपालका सबै कम्युनिस्टहरुको बाटो र लक्ष्य एउटै हो, बहुदलीय जनवादको लक्ष्यमा पुग्नको लागि नेपालका सबै कम्यूनिष्टहरु एक जुट हुनुपर्छ’, उनले भने, ‘५ वर्षभित्र एमालेको नेतृत्वमा मुलुक विकासको पथमा हिँड्छ, त्यो समयमा एमाले पार्टी जनताको पक्षमा काम गर्यो भने, फेरि जनताले पत्याउछन्, नत्र बहिष्कार गर्छन।’