भारतसँग टेस्ट डेब्यु गरेको अफगानिस्तान २ सय ६२ रनले पराजित - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भारतसँग टेस्ट डेब्यु गरेको अफगानिस्तान २ सय ६२ रनले पराजित



बैंगलोर– पछिल्ला वर्ष क्रिकेटमा सनसनी मच्चाइरहेको अफगानिस्तानले टेस्टको डेब्यु खेलमा भने लज्जास्पद पराजय बेहोरोको छ। भारतसँग टेस्ट डेब्यु गरेको अफगानिस्तान इनिङ र २ सय ६२ रनले पराजित भएको छ।

बैंगलोरमा भएको खेलमा दोस्रो दिनमै नै भारतले शुक्रबार सानदार जित हात पारेको हो।

टस जितेर पहिले ब्याटीङ गरेको भारत ४ सय ७४ रनमा अलआउट भएको थियो। जवाफी ब्याटीङमा अफगानिस्तानका कोही पनि खेलाडीले ब्याटीङ सम्हाल्न सकेनन्। पहिलो इनिङमा १ सय ९ रनमै अलआउट भएपछि अफगानिस्तान ‘फओ–अन’मा परेको थियो। दोस्रो इनिङमा अफगानिस्तान १ सय ३ रनमै अलआउट भएपछि लज्जास्पद पराजय बेहोरेको हो।