अधिनायकवाद लाद्न खोजेको भन्दै घोडाघोडीका वडा अध्यक्षहरूद्वारा बैठक बहिष्कार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अधिनायकवाद लाद्न खोजेको भन्दै घोडाघोडीका वडा अध्यक्षहरूद्वारा बैठक बहिष्कार



प्रकाश मिश्र /सुखड, कैलाली ।

शनिवार घोडाघोडी नगर कार्यपालिकाको बैठक वडा अध्यक्षहरूले बहिष्कार गरेका छन् । कार्यपालिका बैठकमा नगर प्रमुख ममता प्रसाद चौधरीले वडागत रूपमा बजेट बिनियोजन नगरी सम्पूर्ण बजेट नगरपालिका बाट बिनियोजन गर्ने प्रस्ताव ल्याएपछि वडा अध्यक्षहरू विरोधमा उत्रिएका हुन ।

बैठक बहिष्कार गरेका वडा नम्बर २ का अधक्ष्य हरिराज बिस्टले नगर प्रमुख ममता प्रसाद चौधरीले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । उन्ले भने जनताले पनि हामी बाट धेरै कुराको आसा राखेका छन् ,हामीले टोल भेला ,वडा भेला गरेर योजना छनोट गरेर ल्याएका छौ तर यहाँ मेयर साबले हिटलर प्रवृत्ति देखाउनु भयो त्यस कारण बहिष्कार गर्नुपर्ने स्थिति भयो । जनताको अपेक्षा आसा र विकास गर्ने भनी जनता बाट निर्वाचित भएर आएका वडा अध्यक्षहरूलाई नै छड्के किनाराको साक्षी बनाउन खोज्नु दुर्भाग्यपूर्ण भएको आरोप वडा अध्यक्ष विष्टको छ ।

त्यस्तै वडा नम्बर १० का अध्यक्ष भीम बहादुर बमले पनि वडागत रूपमा बजेट बिनियोजन नगर्ने प्रस्ताव आउनु दुखद रहेको भन्दै विभिन्न सस्थालाइ बलियो बनाउने तर जनप्रतिनिधि लाई कमजोर बनाउने खेल भएको हुनाले बैठक बहिष्कार गरेको बताए ।

मेयर साबले जनप्रतिनिधि बाट जनताले अपेक्षा राखेका हुन्छन् भन्ने कुरा बिर्सनु भएछ ,वडागत बजेट काट्न खोज्नु सरासर गलत छ त्यसैमा हाम्रो असन्तुष्टि छ भन्छन् वडा नम्बर ६ का अध्यक्ष विनोद विक । खास के गर्न खोजिएको हो मैले बुझेन वडाका जनताले हामीलाई भन्छन् सामान्य विकास निर्माणका कामदेखि हरेक गतिविधिका कुरा हुन्छन् तर वडाकै बजेट काट्न खोज्नु निकै गलत कदम भएको भनाइ रहेको छ वडा नम्बर ८ का अध्यक्ष भीम बोगटिको ।

यसै विषयमा हामीले मेयर ममता प्रसाद चौधरीलाई सोध्यौ तपाइको प्रस्तावको वडा अध्यक्षहरूले विरोध गरे नि आखिर किन यसमा उनको भनाइ थियो वडा अध्यक्षहरूको भनाइ गैरजिम्मेवार छ ,प्रस्ताव चित्त नबुझे बोर्ड बैठकमा राख्नु पर्‍यो । सबै योजना नगर स्तर बाट भए पनि वडामै जाने हो । घोडाघोडी नगरपालिकाको तेस्रो नगर सभा भोलि आइतबार छ तर आज जनप्रतिनिधि यसरी बिबाजित भएका हुन ।