"दोस्रो साउथ अस्ट्रेलिया नेपाली डान्सिङ्ग स्टार"को खोजिमा एडीलेड नेपाल - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

“दोस्रो साउथ अस्ट्रेलिया नेपाली डान्सिङ्ग स्टार”को खोजिमा एडीलेड नेपाल



एडीलेड ।
यहि जुलाई १५ तारिकको दिन एडीलेडमा “साउथ अस्ट्रेलिया नेपाली डान्सिङ्ग स्टार” प्रतियोगिता हुने भएको छ । एडीलेड नेपाल संस्थाको आयोजनामा हुने उक्त कार्यक्रममा सिनियर ग्रुप बाट १४ सहभागीले भाग लिदै छन् भने बालबालिका समूह बाट १० जना प्रतिस्प्रधीले भाग लिने छन। दिउसो ११ बजे देखि कोलोभेलि पार्क मेमोरियल कम्युनिटी सेन्टरको हलमा हुने सो कार्यक्रममा बालबालिकाको जुनियर ग्रुपमा १२ वर्ष मुनिका बालबालिकाहरुले सहभागिता हुन पाउने तथा सिनियर ग्रुपको प्रतियोगितामा १३ वर्ष भन्दा माथिको उमेर समूहले सहभागिता लिन पाउने छ प्राबधान अनुसार बर्गिकरण गरिएको आयोजक संस्थाका अध्यक्ष गोकुल ढकालले बताए ।

ढकालका अनुसार जुनियर ग्रुपमा पहिलो राउण्ड बाटै विजेता छनोट हुनेछ भने सिनियर ग्रुपको लागि पहिलो चरण बाट फाइनल राउण्डको लागि ६ जना प्रतियोगी जानेछन र ६ जनाको दोस्रो प्रस्तुतिको अनुसार बिजेता घोसणा हुनेछ। कार्यक्रमको निर्णायक प्यानलको निम्ति नायिका प्रकृति श्रेष्ठ , द नेक्स्ट ग्रुपका चर्चित डान्सर अमित बजर्चार्य र प्रदिप लामा आउने भएका छन।

बिजेताहरुलाई आकर्षक पुरष्कार राखिएको यस प्रतियोगिताको पहिलो संस्करणमा रितु राना डान्सिङ्ग स्टार भएकी थिइन भने आशिका राईले रनर अप र भर्सटाईल डान्सर, सेकेन्ड रनर अप एलिसा श्रेष्ठ र जुरी अवार्ड इमेज शाहीले पाउन सफल भएका थिए । बालबालिकाको ग्रुपमा नोमिका खनाल प्रथम , आर्शिका पोख्रेल दोस्रो र अन्वेशा लम्सालले तेस्रो स्थान पाउन सफल भएका थिए। कार्यक्रममा फुड स्टल र ज्व्यलरी स्टल समेत रहने आयोजकले बताएका छन् ।

यस वर्ष यी कलाकारहरु प्रतिस्प्रधाको मैदानमा रहेका छन

सिनियर तर्फ
१) जशु कडरिया
२) ईमेज शाही
३) सोनिया सुब्बा
४)कविता बिष्ट
५) गुञ्जन योगी
६) श्रद्धा बादल
७) अस्मिता मगर
८) एलिसा मानन्धर
९) अमृता चौलागाईं
१०) निकी बुढाथोकी
११) तसेरिंग तामांग
१२) निशा थापा
१३) अमिषा थापा
१४) निशा भट्ट

जुनियर तर्फ
१) असिम राई
२) क्रिशाला गौतम
३) गजल ढकाल
४) नोमई खड्का
५) प्रिशा श्रेष्ठ
६) स्नेहा पौडल
७) प्रनिता श्रेष्ठ
८) पायोजा थापा
९) बाटिका सापकोटा
१०) प्रविसा रिमाल