कैलालीमा बस दुर्घटना हुँदा १४ जना घाइते (नाम लिस्ट सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कैलालीमा बस दुर्घटना हुँदा १४ जना घाइते (नाम लिस्ट सहित)



सुखड,कैलाली ।
कैलालीको गौरिगङ्गा नगरपालिका वडा नं ८ बढैपुरमा मङ्गलवार साँझ ६:१६ मा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छ्न ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत अत्तरिया काठमाडौँ जाने क्रममा मालीका यातायातको ना ५ ख ३३७३ नम्बरको बस दुर्घटना भएको हो । बसमा ३३ जना यात्रु सवार रहेका र १४ जना घाइते भएको स्थानीय पत्रकार घनश्याम पौडेलले हिमाल पोस्टलाई जानकारी दिए ।

घाइतेहरूको अार्मी अस्पताल बढैपुर र सौगात क्लिनिक बढैपुरमा सामान्य उपचारपछि थप उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

तीव्र गतिमा गुडिरहेको बस चालकले नियन्त्रण गर्न नसकेपछि दुर्घटना भएको यात्रुले बताएका छान ।

घाइतेहरूको नामावली :-
१) निरुता चौधरी वर्ष २२ गौरीगंगा नगरपालिका वडा नं ११ कैलाली
२) प्रेमराम पार्कि ५८ दशरथ चन्द न.पा. ११ बैतडी
३)नर बहादुर बोहरा ३० गोदावरी न.पा.५ कैलाली
४) आमा छोरा कलावती बोहरा ३० र अन्जन बोहरा ५ गोदावरी नपा कैलाली
५) कर्ण बहादुर बुढा मगर ३८ जयकेदार गापा २ डोटी
६) दुर्गा पुनमगर६० अलिताल गापा १ डडेलधुरा
७)किरण बोहरा
८) टेकेन्द्र चन्द लेकमा गापा लाली दार्चुला
९) पदम थापा ४० आलिताल गापा ६ डडेलधुरा
१०) उदव पार्की ४० सिमचौर ४ बैतडी
११) महादेव चन्द २० पाटन ३ बैतडी
१२)सुनिल कार्की ३० भिमदत्त नगरपालिका १ कञ्चनपुर

१३) डम्बर विक २७ चुरे गापा ३ कैलाली