दुर्घटनामा पैदलयात्रीको मृत्यु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दुर्घटनामा पैदलयात्रीको मृत्यु



नवलपरासी : पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरामा मोटरसाइकलको ठक्क्रबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

बिहीबार राति लु ३३ प ९६ २३ नम्बरको मोटरसाइकलले पैदल यात्री बाँके बैजापुर ४ बस्ने अन्दाजि ४५ वर्षका पे्रम घर्ती मगरलाई ठक्कर दिँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका घर्ती मगरको उपचारको क्रममा भलुही मेडिकल रुपन्देहीमा ज्यान गएको प्रहरीले जनाएको छ ।