रुपन्देहीको भलुहीमा भएको दुर्घटनामा दुईजनाको मृत्यु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रुपन्देहीको भलुहीमा भएको दुर्घटनामा दुईजनाको मृत्यु



असोज २ – रुपन्देहीमा सोमबार बिहान भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
रुपन्देहीको देवदह–१० भलुही जंगलमा आइतबार राति ना ५ ख ३१५९ नम्बरको बसलाई पछाडिबाट आएको ना ७ ख ६५८ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा ठक्कर दिने बसका सहचालक सल्यान खलंगाका २९ वर्षका सुजन परियार अघिल्लो बसका यात्रु सुर्खेत पञ्चपुरी ५ का ३० वर्षिय भिमबहादुर सुनारको ज्यान गएको प्रहरीले जनाएको ।
गम्भीर घाइते दाङ देउखुरीकी सुमित्रा सुनारको लुम्बिनी अञ्चाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।