घोडाघोडिमा बसले ठक्कर दिदा एकको ज्यान गयो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घोडाघोडिमा बसले ठक्कर दिदा एकको ज्यान गयो



हिमाल पोस्ट/ सुखड, कैलाली ।

कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिका – १ डोडा पुलमा सोमबार बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम् राजमार्ग अन्तरगत पश्चिम् देखि पूर्वतर्फ गइरहेको ना ४ ख ८२३२ नम्बरको बसले ठक्करदिदा घोडाघोडी नगरपालिका – १ का १६ वर्षीय दीपक चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका दीपकलाई उपचारका लागि स्थानीय घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले चौधरीलाई अन्य अस्पतालमा रेफर गरेपछि कोहलपुर लैजादै गर्दा बाटैमा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।