अभाने एकता मञ्च र प्रवासी नेपाली सङ्घ भारतद्वारा संयुक्त विजय उत्सब मनाउने ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अभाने एकता मञ्च र प्रवासी नेपाली सङ्घ भारतद्वारा संयुक्त विजय उत्सब मनाउने !



अखिल भारत नेपाली एकता मञ्च र प्रवासी नेपाली सङ्घ भारतले कम्युनिस्ट एकता गर्ने अटल निर्णयाका साथ सहकार्यमा लागेको वाम गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभामा बहुमत ल्याएको खुसीयालीमा भारतको फरीदावाद नेपाली मंदिरमा यही फेब्रुअरी ११ तरिक आइतबारका दिन दिउँसाे १ बजे संयुक्त रूपमा विजय उत्सव मनाउने भएका छन् । देशका दुई ठुला कम्युनिस्ट पार्टीका भारतमा रहेका भातृ सङ्गठनहरूले अायाेजना गर्ने उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक झाकी समेत प्रस्तुत गरिने बताईएको छ ।

“सबल र समृद्ध राष्ट्र निर्माण गर्ने सङ्कल्पसहित ” बाम गठबन्धनले प्रदेश सभा र प्रतिनिधि सभाको जीतलाई स्वागत गर्दै भारतमा एमाले निकट सङ्गठन प्रवासी नेपाली सङ्घ भारत र माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्च भारतको संयुक्त कार्येक्रम यही दिनांक ११ फरवरी २०१८ का दिन भारतको हरियाणा फरीदाबादमा “विजय उत्सव तथा सांस्कृतिक कार्य्रकम गर्ने निर्णयहरू गरिएको छ ! उक्त कार्येक्रममा दिल्ली एनसीआरका आदरणीय दाजु भाइ दिदी बहिनीहरूलाई उपस्थितिको लागी आयोजकले हार्दिक निमन्त्रणा गरेका छन् ।

कार्यक्रम स्थल

२२ सेक्टर फरीदवाद , नेपाली मंदिर
नियर पंजाब एण्ड सिंड बैङ्क
फरीदाबाद हरियाणा भारत

दिनाँक ११ फरवरी २०१८

समय दिउसो १ बजे

आयोजक

केन्द्रीय अध्यक्ष
ईश्वरी भण्डारी
अखिल भारत नेपाली एकता मञ्च

केन्द्रीय अध्यक्ष
लोकनाथ भण्डारी
प्रवासी नेपाली सङ्घ भारत