विदेशबाट ल्याएका मोबाइल फोनहरु तत्काल बन्द गर्छु : सञ्चार राज्यमन्त्री बास्कोटा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विदेशबाट ल्याएका मोबाइल फोनहरु तत्काल बन्द गर्छु : सञ्चार राज्यमन्त्री बास्कोटा



काभ्रे । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले अबैध रुपमा भित्रिएका मोबाइल फोनहरु तत्काल बन्द गर्ने बताएका छन् ।

वाषिर्क २५ अर्बको मोवाईल सेटको कारोबार हुने गरेको तथ्यांक छ । तर, झण्डै ५ अर्बका मोबाइल सेट राजश्व नतिरी आउने गरेको मानिएको छ । विदेशमा भएका आफन्तले पठाउने र लिएर अाउने फोनको रेकर्ड पनि सरकारसँग छैन ।

नेपालमा रहेका कुल फोनमध्ये २० प्रतिशत राजस्व नतिरी सञ्चालनमा रहेको भन्दै उनल अब आईएमईआई नम्बर दर्ता गरेर मात्रै फोन चलाउने प्रावधान लागू गर्ने बताए ।

राज्यमन्त्री बास्कोटाले भने, ‘मोवाइल सेटहरुलाई राजश्वको दायरामा ल्याउने काम अगाडि बढिसकेको छ ।’

‘अनाधिकृत रुपमा हुने प्रयोग रोकेर ५ अर्ब देशलाई फाइदा पुर्‍याउने हाम्रो लक्ष्य हो’ राज्यमन्त्री बोस्कोटाले भनेका छन् ।