अव राजधानिको बिषयमा कुरा उठाउदैन अनावश्यक बिवाद भयो :मुख्यमन्त्री पोखरेल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अव राजधानिको बिषयमा कुरा उठाउदैन अनावश्यक बिवाद भयो :मुख्यमन्त्री पोखरेल



बर्दिया । प्रदेश नं.५ का मुख्य मन्त्री शंकर पोखरेलले राजधानी भए मात्र बिकास हुन्छ भन्ने सोचाई नराख्न बर्दिया जिल्लावासीलाई अनुरोध गर्नु भएको छ ।

शनिबार बर्दियाको सदरमुकाम गुलरियामा जिल्ला समन्वय समति बर्दियाले अयाोजना गरेको अन्तरक्रियामा मुख्यमन्त्री पोखरेलले जिल्ला समन्वय समितिहरुलाई काम गर्ने बातावरण मिलाउँन प्रदेश लागि परेको बताउनु भयो । उहाँले राजधानीको बिषयमा पहिलाको सरकारले निर्णय गरेको बताउँदै त्यति बेला नै सवैलाई पायक पर्ने स्थानमा राजधानी तोकिएको भए राम्रो हुने धारण राख्नु भयो ।

मुख्यमन्त्री पोखरेलले अव राजधानिको बिषयमा कुरा उठेमा अनावश्यक बिवाद बढने र त्यसले बिकास प्रभावित हुने धारणा समेत राख्नु भयो । यस्तै गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बर्दिया जिल्ला निकै सम्भावना बोकेको जिल्ला भएको भए पनि बर्दिया जिल्लाको समुचित बिकास हुन नसकेको गुनासो गर्नुभयो ।