२०७५ असार ५, मङ्लबार

अब रेल चढ्दा कण्डम र स्यानिटरी प्याड सित्तैमा

May 26, 2018
72 Views
Spread the love
  • 33
    Shares

नयाँदिल्ली, । यदि भारतमा रेलयात्रामा निस्किनु भयो भने एउटा अचम्मको टिकटसँगै एउटा उपहार पाउनु हुनेछ र अचम्म नमान्नु होला त्यो उपहार अरु केही नभएर कण्डम र स्यानिटरी प्याड हो।

राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् ।

देशैभरि रहेका रेल चढ्ने स्थान, रेल वे स्टेशनबाट कण्डम र प्याड बाँड्ने निर्णय भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

भारतमा एचआइभी एड्सको संक्रामक अवस्था द्रुत गतिमा रहेकोले सुरक्षित यौन सम्बन्धका लागि कन्डोम र महिला स्वास्थ्यको अवस्थामा सुधारका लागि महिलाले प्रयोग गर्ने सेनिटरी प्याड बितरण गर्ने कार्यक्रम भारत सरकारले हालैमात्र पारित गरेको एकजना स्वास्थ्य अधिकारीले जनाएका छन् ।

“एउटा नयाँ शौचालय नीति अन्तर्गत भारतीय रेल सञ्चालक बोर्डले यस्तो निर्णय गरेको हो,” एक सरकारी अधिकारीले भने ।

भारतको उत्तरदेखि दक्षिणसम्म फैलिएको भारतीय रेल सेवाको सञ्जाल विश्व मै सबैभन्दा ठूलो रेल सञ्जालका रुपमा रहेको लिइन्छ ।

भारतीय सबै रेल सेवाका यात्रु बाहक रेलले प्रतिदिन दुई करोड तीस लाख यात्रुलाई सेवा दिने गरेका छन् ।

अत्याधिक मात्रामा यात्रुको चाप रहेको, भारतमा रेल सेवा कम्पनी पुराना भएको र परम्परागत तथा पुरानै सामग्री ती रेल सेवामा प्रयोग हुने भएकाले भारतमा रेल सेवामा यात्रुले ठूलो दुःख कष्ट र दुर्घटनाको सामना गरिरहनुपरेको बताइन्छ ।

रासस

Facebook Comments
  • 33
    Shares

You may be interested

विश्वकप: हेर्ने पर्ने आजका तीन खेल
खेलकुद
0 shares12 views
खेलकुद
0 shares12 views

विश्वकप: हेर्ने पर्ने आजका तीन खेल

himal post - २०७५, ५ असार १०:५६

काठमाडौं– रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘एच’मा रहेको कोलम्बियाले एसियाली देश जापानसँग…

चार नाम भएका पेले र रोचक कथा
खेलकुद
0 shares15 views
खेलकुद
0 shares15 views

चार नाम भएका पेले र रोचक कथा

himal post - २०७५, ५ असार १०:४९

बीबीसी । विश्वकप फुटबल इतिहासको सबैभन्दा सफल टीम ब्राजिल हो । पाँच पटक विश्व विजेता रहेको ब्राजिलको यो सफलतामा सबैभन्दा…

अझै मुक्त भएनन् कमलरी
पत्रपत्रिका
0 shares10 views
पत्रपत्रिका
0 shares10 views

अझै मुक्त भएनन् कमलरी

विशाल पाण्डेय - २०७५, ५ असार १०:०३

कान्तिपुर : धनगढी ,कैैैलाली । सरकारले कमलरी प्रथा उन्मूलन घोषणा गरे पनि कैलालीमा अझै पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । एक सर्वेक्षणअनुसार…