आत्महत्याको प्रयास गर्ने थिङलाई नेपाली जनसम्पर्क समिति मकाउका पदाधिकारीहरूले भेट गरे - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आत्महत्याको प्रयास गर्ने थिङलाई नेपाली जनसम्पर्क समिति मकाउका पदाधिकारीहरूले भेट गरे



मकाउ,चीन। बैदेशीक रोजगारको सिलसिलामा बिशाल थपलिया मार्फत मकाउ आई मकाउ गोल्बल कम्पनिमा कार्यरत रहेका स्थायी घर मकवानपुर निवासी आत्महत्याको प्रयास गर्दा घाईते भई मकाउको सरकारी अस्पताल सान्तेनमा उपचार गराई रहेका ईश्वर थिङलाई नेपाली जनसम्पर्क समिति मकाउका कार्य समितिका पदाधिकारीहरूले आज बिहान सान्तेन हस्पिटलमा भेट गरेको छ। उपचारमै रहेका थिङले हस्पिटलकै बेडमा दोश्रो पटक पनि आत्महत्याको प्रयास गरेका कारण अहिले २४ सै घण्टा गोल्वल कम्पनिका सुरक्षा कर्मी र मकाउ प्रहरीको निग्रानीमा उपचार भई रहेको छ।उहाँको घाटीमा पाईप लगाईएको छ र उक्त पाईपलाई आफैले निकालेर फालेका कारण सन्चो हुन समय लागेको हो।

नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेख बहादुर गुरूङको नेतृत्वमा गएका टोलीले ईश्वर थिङलाई भिडियो कल मार्फत परीवारका सदस्यलाई भेट गराई दिएका छन भने उहाँको ईच्छा अनुसारको नेपाली खानाको चाह गरेका कारण नेपाली खाना समेत उपलब्ध गराई दिएका थिए।सभापति गुरूङले मकाउ पठाउने बिशाल थपलियासंग यस बिषयमा पुन टेलिफोन बार्ता गरी आत्म हत्याको प्रयास गर्ने थिङले नेपालबाट मकाउ आउँदा म्यान पावर कम्पनीलाई तिरेको रकम फिर्ता गरी दिन आग्रह समेत गरेका छन्।पैसा बुझाउने बिषयमा थपलियाको आधिकारीक धारणा सार्बजनिक भई सकेको र उहाँले घाईतेका परीवारलाई रकम बुझि दिन आग्रह गर्दा पनि घाईतेका परीवारले घाईते नेपाल नफर्किए सम्म पैसा नलिने कुरा अबगत गराएको छन भन्ने बुझ्नमा आएको छ।काम गराईको दौडानमा यस्ता घटनाहरू घट्ने गर्छन र यो दुखद घटना हो।

जानकारी भए अनुसार मकाउको कानुन अनुसार आत्महत्याको प्रयास गर्नु पनि अपराध नै भएकोले घाईते थिङलाई मकाउको कानुन अनुसार कार्बाही गरी मकाउबाट नेपाल फिर्ता पठाईने छ।थिङको आधिकारीक धारणा पनि अझै आउन बाँकी भएका कारणले उहाँ शाररीर र मानसिक रूपमा ठीक भए पश्चात पक्कै पनि बाहिर आउने छ।नेपाली महाबाणिज्य दुताबास हंगकंगका महाबाणिज्य दुत कमल प्रसाद भट्टराई र गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका अध्यक्ष शान्ति देवी अधिकारीले पनि यस अघि भेट गरी सकेका छन।बाणिज्य दुताबास हंगकंगले पनि यस बिषयलाई गम्भिर चासोका साथ हेरेको छ।