आसाराम बापूलाई आजीवन कैद, रुँदै भने: भगवानको इच्छा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

आसाराम बापूलाई आजीवन कैद, रुँदै भने: भगवानको इच्छा



जोधपुर, वैशाख १२ । नाबालिग शिष्यालाई यौनशोषण गरेको कसुरमा ७७ वर्षीया ‘बाबा’ आशारामलाई जन्मकैदको सजाय सुनाइएको छ । उनले बाँकी जीवन कारागारमा विताउनु पर्ने छ ।

उनका दुई सहयोगीलाई पनि २०–२० वर्ष सजाय सुनाइएको छ । अदालतको सजाय सुनेपछि पहिला त आशाराम रोय । र सम्भालिदै भने, ‘भगवानको जो इच्छा । म यही (जेलमा) बस्छु ।’’

त्यसभन्दा अघि विशेष एससी–एसटी अदालतका न्यायाधिश मधुसूदन शर्माले बुधवार बिहान केन्द्रीय जेलमा इजलास बसालेर उनलाई दोषी ठहर गरे ।

इंदिरा गांधीका हत्यारा, आतंकारी अजमल आमिर कसाब र डेरासच्चा प्रमुख गुरमीत राम रहीमपछि यो भारतीयको चौथों यस्तै खाले ठूलो मुद्दा हो आशारामको ।

जेलमा इजलास बस्यो र फैसला सुनायो आशारामलाई दोषी ठहर गर्दै फैसालाई सुनायो । पाक्सो एक्ट (प्रोटेक्शन आफ चिल्ड्रेन फ्राम सेक्सुअल अफेंसेस एक्ट २०१२, संशोधन २०१८ ) अन्तर्गत यो पहिलो ठूलो फैसला हो ।