आर्यनले ल्याए ‘दैव’ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आर्यनले ल्याए ‘दैव’



भरतपुर १२ मा रहेको ग्रीनल्याण्ड पव्लिक स्कुल कक्षा ७ मा अध्ययनरत आर्यन राना मगरले पहिलो गीत सार्वजनिक गरेका छन् । १२ वर्षिय आर्यनको स्वरमा रहेको दैव बोलको सो गीतमा जिवी सुनारको शव्द तथा संगित रहेको छ । गीतमा महेशविक्रम पाण्डेले संगीत संयोजन गरेका छन् । पुनम अडियो एण्ड भिडियो शोलुशन प्रालिले तयार पारेको गीत समिक्षा इन्टरटेण्टमेण्टले युट्युवमा राखेको छ । ‘दैव’ बोलको पहिलो आधुनिक बालगीतको बिहीबार विमोचन गरिएको छ ।

विद्यालयकी प्राचार्य इन्दीरा कार्कीले गीतको एक कार्यक्रमका बीच विमोचन गरिन् ।इच्छाकामना गाउँपालिका गर्दासमा जन्मेका आर्यन रानामागर उदयीमान बालकलाकार हुन् । झण्डै तीन वर्षअघि स्कुलस्तरीय गायन प्रतियोगितामा द्वीतिय पुरस्कार जितेपछि गायन क्षेत्रमा उत्साहीत छन् । नवोदित बालगायक आर्यन रानामगरले देशभक्ति र पीडामुक्त बनाउने गीत गाउने बताए । आर्यनलाई संगित कक्षा दिइरहेका चितवनका गायक तथा संगितकार जिवी सुनार आर्यनलाई बहुप्रतिभा भएका नवोदित बाल गायक भएको बताउँछन् ।

स्कुलका प्राचार्य इन्द्रीरा कार्किले बालप्रतिभालाई उजागर गर्न अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण हुने बताइन् । “आर्यनको स्वर मिठो छ । मिहेनती छन्”, उनले भनिन्, “स्थापित गायक बन्न हौसला दिनुपर्छ ।” उनले विद्यालयका तर्फबाट आर्यनलाई ६ महिनासम्मको शैक्षिक शुल्क मिनाहा गरेको घोषणा गरिन् । उनले शैक्षिक सामाग्री खरिद गर्न ५ हजार रुपैयाँ नगद व्यक्तिगत रुपमा सहयोग गरेको बताइन् ।