अन्तर्राष्ट्रिय दंगल कुस्ती रेस्लिङ महेन्द्रनगरमा सुरु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अन्तर्राष्ट्रिय दंगल कुस्ती रेस्लिङ महेन्द्रनगरमा सुरु



कञ्चनपुर  ।। महेन्द्रनगरमा अन्तर्राष्ट्रिय दंगल कुस्ती रेस्लिङ कार्यक्रम शुरु भएको छ ।

शुक्लाफाँटा एकता समाजको आयोजनामा स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल मन्त्रका साथ नेपाल–भारत दंगल कुस्ती रेस्लिङ प्रतियोगिता शुरु भएको हो ।

शुक्लाफाँटा एकता समाज नेपालका संयोजक धर्म बहादुर शाहीले कुस्ती खेलको संरक्षण र नेपाल भारत मैत्रीत्वलाई खेलकुदका माध्यमले अझै प्रगाढ सम्बन्ध बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा नेपालका २० जना र नेपालका तर्फवाट ५ जना गरी २५ जनाको सहभागिता रहेको छ । जसमा ५ जना महिला कुस्तीवाजको समेत सहभागिता रहेको छ ।