आलियाको ‘राजी’ले कति कमायो ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आलियाको ‘राजी’ले कति कमायो ?



गत शुक्रवार देखि बलिउड अभिनेत्री आलिया भट्ट अभिनित ‘राजी’ रिलिज भएको छ । राजीमा आलियाको कामले निकै तारिफ पाइरहेको छ भने बक्स अफिसमा पनि यो चलचित्रले राम्रो कमाई गरिरहेको छ । चलचित्रले सुरुवाती दिनमा ७.५३ करोडको कमाई गरेको थियो भने दोस्रो दिन शनिवार ११.३० करोड भारु कमाई गरेको छ । चलचित्रले दुई दिनमा कुल १८.८३ करोड भारु कमाई गरेको छ । माउथ पब्लिसिटीको कारण चलचित्रले आइतबार अझ राम्रो कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेको छ । चलचित्रलाई मेघना गुलजारले निर्देशन गरेकी हुन् । १९७१ मा भएको भारत र पाकिस्तान पृष्ठ भूमिका आधारित रहेर बनाइएको चलचित्रमा आलिया जासुसको भूमिकामा देखिएकी छिन् ।