आक्रमणमा परि ८६ जनाको मृत्यु - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

आक्रमणमा परि ८६ जनाको मृत्यु



एजेन्सी– नाइजेरियामा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ । मध्य प्रदेश प्लाटेउको वरपर विभिन्न ठाँउमा भएका घटनाहरमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

बन्दुकधारीहरुले शनिबार राती अवेर आक्रमण गरेका हुन् । आक्रमणमा परी अरु ६ जना गम्भिर घाइते भएका छन् । त्यस्तै ५० भन्दा बढी घरहरुमा क्षति पुगेको छ । आक्रमणका कारण दुई कार र १५ मोटरसाईकल पनि पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रहरीले आक्रमणको कारण के हो भन्ने कुरा अहिलेसम्म केही पत्ता लाग्न नसकेको बताएका छन् । आक्रमणबाट विषेश गरी गासिस जिल्लाको रजात, रुकु, न्यार, कुरा र गाना रोप गाँउलगायतका ठाँउहरु बढी प्रभावित भएका छन् । बन्दुकधारीहरुको आक्रमणबाट ११ गाँउ प्रभावित भएका हुन् ।

घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाइसकेको प्रहरीले बताए । राष्ट्रपति मोहम्मद बुहारीले सामाजिक सञ्जाल ट्वीटर मार्फत् आक्रमणको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।