विश्वकप: आज हेर्नैपर्ने खेल यो हो ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विश्वकप: आज हेर्नैपर्ने खेल यो हो !



विश्वकप २०१८ अन्तर्गत सोमबार हुन तेश्रो खेलमा ट्यूनिसिया र इंग्ल्याण्ड ग्रुप जी को दोश्रो खेल खैल्दैछन् । नेपाली समय अनुसार मध्यराती ११ः४५ मा शुरु हुने यो खेल रसियाको भोल्गग्राद शहरमा हुँदैछ ।

ब्राजीलमा आयोजना भएको सन् २०१४ को विश्वकपमा फितलो प्रदर्शन गरेको टोलीबाट यो विश्वकपमा जम्मा ५ जना खेलाडि र बाँकि सबै नयाँ अनुहार लिएर रसिया आएको इंग्ल्याण्ड यो विश्वकप विश्व फुटबलमा नौलो सफलता हासिल गर्ने धुनमा छ ।

प्रशिक्षक गारेथ साउथगेटको सिकाइमा रहेको विश्व फुटबलको हस्ती राष्ट्र इंग्ल्याण्ड विश्वकपको पछिल्लो ४ खेलमा भोगेको जितको खडेरी अन्त्य गर्न आतुर रहेको छ । तथापी नयाँ टोलीको जोश र ट्यालेन्ट मात्र होइन मानसिक बल पनि इंग्ल्याण्डलाई उत्तिकै जरुरी छ ।

इंग्ल्याण्डका ग्यारी काहिलका अनुसार इंग्ल्याण्डको यो टोली ५० प्रतिशत ट्यालेन्टको बलमा र ५० प्रतिशत मानसिक बलको आधारमा रसियाको स्टेडियममा खेल्नेछ । एकचित्त भइ तथा शान्त दिमागले खेल्न सकेका इंग्ल्याण्डले कडा प्रतिस्पर्धी ट्यूनिसिया विरुद्ध राम्रो नतिजा ल्याउने क्षमता राख्दछ ।

अर्कोतर्फ विश्वकप छनौट तथा पछिल्ला खेलहरुमा ट्यूनिसियाले आफ्नो टोली दृढ र परिपक्व भएको प्रमाणित गरिसकेको छ । मैत्रिपूर्ण खेलमा पोर्चुगलसँग बराबरी खेलेको ट्यूनिसियाले स्पेनलाई पनि कडा टक्कर दिएको थियो । टोलीका महत्वपूर्ण खेलाडिहरु वाहबी खाज्री र अलि मालुलका साथै पुरै टोली ‘फिट एन्ड फाइन’ रहेको ट्यूनिसियाको यो खेल विश्वकप छुटाउनै नहुने खेल मध्येमा पर्छ । आशावादी र जुझारु खेल देखाउन आतुर यो टोलीको खेल आकर्षक हुनेमा कुनै शंकै छैन ।

सम्भावित शुरुवाती ११

ट्यूनिसिया

माउएज हस्सेन, यास्साइन मेरिआह, सायाम बेन युस्सफ, डाइलान ब्रन, अलि मालउल, एल्लिस स्खीरी, एनिस बद्रि, फर्जानी सास्सी, फख्रेडाइन बेन युस्सफ, वाहबी खाज्री, नइम स्लीटी ।

इंग्ल्याण्ड

जोर्डन पिकफोर्ड, कायल वाल्कर, जोन स्टोन्स, ह्यारी म्यागिर, किरान ट्रिपियर, डेल अल्ली, जोर्डन हेन्डर्सन, जेस्सी लिंगार्ड, एश्ले योङ, रहिम स्टर्लिङ, ह्यारी केन ।

(एजेन्सीको सहयोगमा)