विश्वकप: आज हेर्नैपर्ने खेल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विश्वकप: आज हेर्नैपर्ने खेल



एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को खेलमा बेल्जियम र ट्युनिसियाले प्रतिस्पर्धा गर्दै छन् । ट्युनिसियालाई पराजित गर्दै विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यमा बेल्जियम आज मैदान ओर्लिदैछ ।

रसियाको राजधानी मस्कोस्थित स्पार्टक रंगशाला नेपाली समयअनुसार बेलुकी ५ः ४५ मा खेल सुरु हुनेछ ।

यसअघि बेल्जियम पानामालाई ३—० गोल अन्तरले पराजित गरेको थियो । यता, ट्युनिसिया भने इंग्ल्यान्डसँग २—० गोलले पराजित भएको थियो ।

यो खेल जित्दै नकआउट चरणमा पुग्ने बेल्जियमको लक्ष्य रहेको छ । भने बेल्जियमलाई रोक्दै विश्वकपको नकआउट चरणमा आफ्नो सम्भावनालाई कायमै राख्ने दाउँमा ट्युनिसिया रहेको छ ।

हेड टु हेड
अहिलेसम्म बेल्जियम र ट्युनिसियाबीच ३ खेलमा भेट भएको छ । जसमा एक—एक खेल दुवैले जितेका छन् भने एक खेलमा बराबरी भएका छन् ।
पहिलो पटक सन् १९९३ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियम ट्युनिसियासँग २—१ गोलले पराजित गरेको थियो ।

सन् २००२ को विश्वकपमा बेल्जियम र ट्युनिसियाले १—१ गोलको बराबरी खेलेका थिए । सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा भने बेल्जियमले ट्युनिसियालाई १—० गोलले पराजित गरेको थियो ।