आइतबार मन्त्रिपरिषद् विस्तार हुने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आइतबार मन्त्रिपरिषद् विस्तार हुने



काठमाडौं । सरकार गठन भएको सातादिन बितिसक्दा पनि मन्त्रिपरिषद गठन हुन सकेको छैन । राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपालसमेतलाई सकारमा सहभागी गराउन छलफल लम्बिँदा मन्त्रिपरिषद् विस्तार पर धकेलिएको एमाले–माओवादीले जानकारी दिएका छन् ।

एमाले महासचिव ईश्वर पोखरेलले आइतबार मन्त्रिपरिषद् विस्तार हुने सम्भावना औँल्याए । “हामी छलफल गरिरहेका छौँ । आइतबार बिहानसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ,” उनले भने । एमाले–माओवादीले १८ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने विषयमा समझदारी गरिसकेका छन् भने एमाले प्रधानमन्त्री तथटा मन्त्रिपरिषद् कार्यालसमेत गरी ११ र माओवादी केन्द्रले ७ वटा मन्त्रालय राख्नेगरी सहमति गरेका छन् ।

एमाले मन्त्री छान्ने जिम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ भने माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर बादललाई जिम्मा दिएको छ । दुवै पार्टीले शनिबार साँझसम्म सरकारमा पठाउने व्यक्तिबारे निष्कर्ष निकाल्ने बुझिएको छ ।बाह्रखरीबाट