आफ्नो शरीरको ख्याल गर्न नसक्ने ओलीले देश र जनताको ख्याल गर्न सक्लान त ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

आफ्नो शरीरको ख्याल गर्न नसक्ने ओलीले देश र जनताको ख्याल गर्न सक्लान त ?



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

कम्युनिष्टहरूको बारेमा नलेखु भन्छु तर उहाँहरूको ब्यबहारले लेख्न बाध्य हुन्छु।सिद्धान्त र निष्ठाले लागेकालाई लाग्दो हो यसले कति धेरै कम्युनिष्ट अझै एमालेको बिरोध गर्छ भनेर यो बिरोध गर्ने माहौल र शैली कमरेड ओलीले नै सिकाएका हुन।उहाँ काँग्रेस र काँग्रेसीलाई गाली गर्नु पर्यो भने न्वारन देखिको बल निकाली निकाली सात दिन बिरामीले थला परे पनि जुरूक्क उठेर सारौटेले झै कराउन छाड्दैनन्।हो त्यस्तै कारणहरूले गर्दा कयौ पटक म केपी र एमाले प्रति हदै तल सम्म गिरेर लेख्न बाध्य हुन्छु चाहे त्यो गद्यमा होस चाहे पद्यमा नै किन नहोस कुनै न कुनै किसिमले मेरो बचनबाणबाट उहाँहरू पीडित हुनु हुन्छ।

कमरेड केपी ओली मृगौला पीडित भए पश्चात राष्ट्रको १७ करोड त सकाए सकाए यसरी सकाउदा पनि उहाँलाई बेला बेलामा निन्द्रा नपरे पछि बरबराउन थाल्नु हुन्छ र काँग्रेसलाई गाली गरी रहनु हुन्छ।उहाँले प्रत्येक भाषण बोल्ने कुरा यिनै हुन म मृगौला पीडित हुँ म सयौ पटक मरेर बाचेको मान्छे मलाई कुनै लोभ लाल्चा छैन म आज होकी भोली हो मलाई पैसा जम्मा गर्न भ्रष्ट्राचार गर्न कुनै जरूरी छैन मेरो सन्तान छैन म जति बाच्छु त्यो बाचेको समय देश र जनताको हितमा काम गर्छु भनेर कुर्ली रहन्छन जस्तो यिनी भाषणमा बोल्छन ब्यबहारमा भने त्यस्तो छैन।स्वास्थ्य परीक्षणको नाममा बेला बेलामा थाईल्याण्ड गएर भारतीय रअका एजेन्टलाई भेटी राजनिति माहौलका बिषयमा छलफलमा जुट्छन।जनताको आँखामा छारो हाल्न एकदमै खप्पीस छन कमरेड ओली।

जनता र देशका लागि राष्ट्रबादी नेता भन्न रूचाउने केपी ओली अन्त्यमा भारतकै शरणमा परेका धेरै उदाहरण हामी माझ छन।यिनी कुशल अबसरबादी नेता हुन।बेला बेलामा डनहरूसंग नाम जोडिएर आउने ओलीले चरीलाई ईन्काउन्टर गर्नु अघि राधे समुहले नैकापमा गोली हानेर घाईते बनाउदा टिचिङ हस्पिटलमा उहाँले बोलेका कुराहरू अझै पनि हामीले सामाजिक संजाल र युट्युवमा हेर्न सक्छौ।२०६२/६३ को लोकतान्त्रिक आन्दोलनको समयमा उहाले बोलेका कुरा पनि हामी हेर्न सक्छौ लोकतान्त्रिक आन्दोलनले गणतन्त्र ल्याउनु र बयल गाडा चढेर अमेरीका जानु एकै हो यो सम्भब छैन भन्थे।स्थानीय चुनावमा त्यहि पारी पटी काँग्रेसले माओबादीको छोरी बोक्यो भन्ने ओली आज प्रचण्ड जी र पुरै माओबादी केन्द्रलाई बोकेर हिड्नु भएको छ।भन्ने बेलामा कुनै पनि लोभ छैन पदको भन्छन तर यिनलाई चाहिएको छ पार्टी अध्यक्ष अनि यिनैलाई चाहिएको छ प्रधानमन्त्री सत्ताका लागि एकदमै लिप्त छन कमरेड ओली।

७४ सालको चुनावमा माओबादी र एमाले बीच पार्टी एकिकरण गरेर सिङ्गो कम्युनिष्ट पार्टी बनाउने एजेण्डा लिएर जनता सामु पुगेका यिनीहरू बर्तमान अबस्थामा पार्टी एकिकरण नगर्ने अबस्थामा पुगेका छन।सत्ता र पद बाडी चुडी खाने सहमति भई सकेको छ।स्थायी सरकार चाहेको नेपाली जनतालाई एक पटक फेरी बामगठबन्धनले धोका दिएको छ।नेपालको बिकास भन्दा पनि बिनाश चाहनेहरू धेरै छन।बिदेशी डलरको लोभमा देशको धर्म,पहिचान संस्कार सबै बेचिसकेका छन।जनतालाई झुट्टो आस्वासन दिनेहरू एक दिन फेरी ती जनताबाटै नाङ्गिनेमा दुई मत नै छैन।सुन्दै छु ओली ज्युले कालो धन जम्मा गरेकाहरूलाई सेतो बनाउनका लागि पछि पर्दै छन रे आखिर “कानुनभन्दा बाहिर गएर कुनै पनि धनलाई सेतो बनाउँन सकिदैन।कालो धनलाई सेतो बनाउने मनी लाउन्डरिङ गलत छ।उहाँले कुन सन्दर्भमा भन्नु त्यो कुरा थाहा भएन तर कालो धनलाई सेतो बनाउँछु भन्नु सरासर गलत हो ।सामाजिक सुरक्षा भत्ता ७० बाट झारेर ६५ बर्षकाले पाउने देउवा सरकारले गरेका निर्णयहरूलाई बाम गठबन्धनको सरकार बने पश्चात उल्टाउने भनेर भनि सकेका छन।

बिश्वका अधिकांश देशहरूले ६५ बर्षकै उमेरमा सामाजिक सुरक्षा भत्ता दिई रहेका छन भने नेपालमा दिदा केहि फरक पर्दैन यस्तो नियम लागु भयो भने जनताको खुशी बढ्ने छ सहज हुनेछ त्यसै गरी क्यानसर,मृगौला पीडित र स्पाईनल कर्डका बिरामीलाई देउवा सरकारले दिएको भत्ता स्वागत योग्य भए पनि कमरेडहरूले अबजेक्सन जनाई रहनु भएको छ।केपी कमरेडमा अहमता र घमण्ड भएकै कारणले गर्दा आफुले गरेका कुराहरू सबै बैधानिक र काँग्रेस र देउवा सरकारले गरेका कामहरू चाहि अनैतिक र अबैधानिक भनेर भाषण छाट्दै छन।अन्त्येमा कमरेड ओलीलाई यस्ता हावादारी कुरा गर्नु भन्दा पनि जनहितका लागि काम गर्न हुन अनुरोध गर्दछु।