दुबईबाट फर्केर आफ्नै देशमा मेहनत ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दुबईबाट फर्केर आफ्नै देशमा मेहनत !



रोजगारीको सिलसिलामा झन्डै ५ वर्ष युएईमा बिताएर नेपाल फर्किएका युवाहरुले आफ्नै लगानीमा सेवामूलक ब्यबसाय शुरु गरेका छन् ।

युएई स्थित सेक्युरिगार्ड कम्पनीमा सुरक्षाकर्मीको रुपमा काम गरेर भर्खरै स्वदेश फर्किएका सुनिल रायमाझी,रेश नारायण श्रेष्ठ ,रामशरण कमर र नेपाली सेनामा कार्यरत अस्मि घले सहितको समुहले काठमाडौंको चाबहिलमा ‘मल्टिपल जब प्लेसमेन्ट प्रा.लि. र मल्टिपल सेक्युरिटी सर्भिस प्रा.लि. नामक दुई कम्पनी संचालनमा ल्याएका हुन् ।

५ वर्ष प्रवासमा काम गर्दा सिकेको सीप र अनुभवलाई आफ्नै देशमा प्रयोग गर्ने उदेश्यले उनीहरूले यो ब्यबसाय शुरु गरेको संचालक मध्येका एक सुनील रायमाझीले बताए ।

विदेश स्थित प्राय ठुला कम्पनीहरुले ब्यबस्थापन बाहेकका अन्य कामको लागि कन्ट्य्राक्टर कम्पनी मार्फत कामदार लिने गर्दछन् । सेक्युरिटी ,क्लिनर,अफिस ब्वाइ,हाउसकिपीङ ,सेल्स पर्सन, रिसेप्सनिस्ट,मेन्टिनेन्स जस्ता कामदार उनीहरुले कन्ट्र्याक्टर कम्पनी मार्फत नै लिने गर्छन् ।

जसले गर्दा एकातिर कम्पनीलाई सिधै नयाँ कामदार राख्दा ब्यहोर्नुपर्ने प्रशासनिक झन्झट कम हुन्छ भने अर्कोतिर कन्ट्र्याक्टर कम्पनी मार्फत गएका कामदारहरुलाई कम्पनीले सम्बन्धित काममा तालीम र पालना गर्नुपर्ने निति नियम सहित दक्ष बनाएर पठाउने हुनाले उनीहरुलाई सहज हुनजान्छ ।यो प्रचलन अहिले नेपालमा पनि बढ्दै गएको छ । यही सम्भाव्यतालाई मध्यनजर गरि समुहले उक्त कम्पनी खोलेको बताएका छन् ।

भर्खरै संचालनमा आएका यी दुई कम्पनी मध्ये मल्टिपल सेक्युरिटी सर्भिसले माग अनुसार स्वदेश तथा विदेशको लागि तालीम सहितको योग्य सुरक्षाकर्मी सेवा प्रदान गर्नेछ भने मल्टिपल जब प्लेसमेन्टले वेटर,हाउसकिपिङ,अफिस पर्सन,सेल्स पर्सन लगायतको सम्बन्धित काममा दक्ष जनशक्ति प्रदान गर्नेछ ।

कुनै काममा अनुभव नभएकाहरुलाई पनि तालीम पश्चात् रोजगारी दिने कम्पनीको उदेश्यमा उल्लेख गरिएको छ । यसबाहेक विदेश जानेको लागि छुट्टै विशेष तालीम प्रदान गरिने बताइएको छ ।