आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ



कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी स्थित सीमा नाकाबाट आधा किलो सुनसहित २ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नम्बरको जिपबाट आधा किलो सुन भारततिर तस्करी गरिरहेको अवस्थामा आज बिहान दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ परेका हो । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले सो जिपबाट आधा किलो सुनसहित तस्करीमा संलग्न दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख मदन दाहालले विषेश सूचनाका आधारमा उनीहरुलाई भन्सारकै ब्यारेलमा पक्राउ गरिएको बताए । उनका अनुसार लेबल नलागेको आधा किलो सुनसहित भारतको हरियाणाका जितेन्द्र सैनिक र सुरेश कुमारलाई पक्राउ गरिएको छ ।

‘आधा किलो सुन झोलाभित्र राखेका थिए,’ उनले भने, ‘यो सुन तस्करीकै हो ।’ बरामद सुनको बजार मूल्य २५ लाख रहेको प्रमुख भन्सार अधिकृत दाहालले बताए ।

वैशाख ३१ गते चार दिनका लागि सो गाडीको भन्सार सुविधा काटिएको छ । एक दिन म्याद नसकिदै उक्त सवारी साधन सुन लिएर फर्किएको भेटिएको हो ।

भन्सार अधिकृत दाहालले प्रारम्भिक अनुसन्धानकै क्रममा रहेकाले सुन कसको र कहाँबाट ल्याएको हो भन्ने बारेमा प्रष्ट हुन बाँकी रहेको बताए ।पश्चिम् टुडेबाट