अवरूद्ध सडक निर्माणकाे काम नगर प्रमूखकाे पहलमा सुचारु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अवरूद्ध सडक निर्माणकाे काम नगर प्रमूखकाे पहलमा सुचारु



किशाेर कुमार तामाङ्ग
कञ्चनपुर, पुनर्वास ।।
स्थानिय निर्वाचन पश्चात पुनर्वास नगरपालिकामा सडक विस्तार कार्यले तिव्र गति लिईरहेको छ । तर पुनर्वास काे वार्ड नं. २, अमरैयामा भने गत दुई महिनादेखि सडक निर्माण अवरूद्ध भई कार्य अघि बढ्न नसकेको अवस्थामा नगरप्रमुख जीवनराज थापाको उपस्थितिमा सो कार्य पुन:सुचारु भएको छ ।

नगरपालिकाको मापदण्ड अनुरुप सडक नक्साङ्कन गर्दा खेतका बिरुवाहरु बाटोमा पर्ने देखिए पछि उक्त ठाउँमा विवाद सुरु भएको थियो । सडक निर्माण कार्यमा स्थानिय बिर्ख बहादुर सार्कीले अवराेध पुर्‍याएपछी निर्माण कार्य अवरूद्ध भएकाे थियाे।

नगरपालिकाबाट खटिएकाे अमिनले नापनक्शा कायम गरेकाे भित्र बाटाेमा जग्गा धनी बिर्ख बहादुर सार्किकाे लिप्टिसकाे रूखहरू परे पनि रूख ढाल्नमा अटेर गरी निज व्यक्तिले निर्माण कार्यमा अवराेध पुर्‍याएकाे उपभाेक्ता समितिका सचिव विनिता बिकले बताउनु भयाे।

राजनीतिक पार्टीकाे संरक्षणमा रहि बिर्ख बहादुर सार्किले बाटाेमा अवराेध पुर्‍याउने मनसायले रूख ढाल्न नदिएकाे स्थानियहरूकाे गुनासाे रहेकाे छ। सार्की नेकपा एमालेका सक्रिय कार्यकर्ता हुन । नगरपालिका संगकाे सम्झाैता अनुसार काम भईरहेकाेमा सार्किले बाटाे निर्माणमा अवराेध ल्याएपछि बढीमा २० दिनमा सकिने काम लम्बीएर अढाई महिना बितिसक्दा पनि सम्पन्न नभएकाे उपभाेक्ता समितिकाे अाराेप छ।

विभिन्न सञ्चार माध्यमका पत्रकार,अमिन,नगर प्रमुखकाे संयुक्त टाेलि त्यस ठाउँमा पुगे पछि बाटाेमा परेकाे रूखहरू ढाल्ने र अवरूद्ध रहेकाे बाटाे निर्माण कार्य सुचारू भएको छ । बाटाे बजुरे सार्किकाे घरदेखि पूर्व बिर्ख बहादुर बिककाे घरसम्म १२ मिटर फराकिलाेकाे दुई किलाे मिटर बाटाे निर्माण हुदैछ । पुनर्वास नगरपालिकाको पाँचलाख सहयोग र स्थानीयवासीको जनश्रमदानबाट बन्नलागेको साे बाटाे पुनर्वास नगरपालिकाकाे रिङ्गराेडकाे याेजनामा रहेकाे छ ।

अाफुले पटक पटक प्रत्यक्ष भेटेर बाटाेमा अवराेध नगर्न अाग्रह गर्दा पनि बिर्ख बिकले अडान नछाडे पछि निर्माणकाे काम लम्बिएकाे वार्ड नं. २ का वडाध्यक्ष सन्त कुमार चाैधरीले बताउनु भयाे । स्थानिय समाजसेवी एवम् जनप्रतिनिधिकाे अादेश समेत नमाने पछि अाफु बाध्य भएर पत्रकार एवम नगर प्रमुखलाई गुहार्नु परेकाे उपभाेक्ता समितिका अध्यक्ष जुद्ध चाैधरीले बताउनु भयो।