दक्षिण कोरियामा “मड फेस्टिवल” हिलोको जात्रा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

दक्षिण कोरियामा “मड फेस्टिवल” हिलोको जात्रा



एजेन्सी
हिलोमा लछारपछार गरेको देख्दा तपाइलाई लाग्न सक्छ यो कुनै झगडा हो । अर्थात रोपाइमा गरिने हिलो छ्यापाछ्याप तर, यो रोपाइ पनि होइन र कुनै झगडा पनि होइन । यो एउटा फेस्टिबल हो ।

दक्षिण कोरियाको राजधानी सिओलदेखि दुई सय किलोमिटर टाढा रहेको बोरियाङमा प्रत्येक वर्ष हुने ‘मड फेस्टिबल’ हुने गर्दछ । यो बर्ष पनि ‘मड फेस्टिबल’ सम्पन्न भएको छ । यो पर्वमा एक व्यक्तिले अर्को व्यक्तिलाई हिलोमा चोबल्ने काम गर्दछ । विशेष गरी किशोर किशोरीको सहभागिता रहने गरेको छ ।

दुई हप्तासम्म सञ्चालन हुने यो पर्वमा अन्तिम दिन भने धेरै अविश्मरणीय हुने गरेको सहभागीहरु बताउँछन् । कार्यक्रममा सहभागि हुन धेरै देशका पर्यटकहरु बोरियाङ पुग्ने गरेका छन् । यहाँ मानिसहरु सबै कुरा भुलेर हिलोमा रमाउने गर्दछन्