६० जिल्लामा नयाँ सिडिओ सरुवा , कैलालीका प्रजिअ रिजाल रौतहटमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

६० जिल्लामा नयाँ सिडिओ सरुवा , कैलालीका प्रजिअ रिजाल रौतहटमा



कैलाली । सरकारले ६० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ।

गृह मन्त्रालयले बुधबार  ६० जिल्लामा सिडिओ फेर्ने निर्णय गरेको हो । उक्त निर्णय गरेसङ्गै गृहमन्त्रालयले
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको सरुवा रौतहटमा गरेको हो ।

कैलाली जिल्लामा रिजालले नागरिकमुखी सेवा प्रदान, प्रशासनिक सुधार, शान्ति अमनचयन कायम लगायतका कार्यलाई प्राथमिकता दिएर जनताको मन जितेका थिए । टीकापुर घटनापछि उत्पन्न परिस्थितिलाई मेलतर्फ लैजानमा उनको भूमिका महत्वपूर्ण रहेको थियो । रिजालले कैलाली बस्दाको क्रममा विकट पहाडी क्षेत्रमा शिविर सञ्चालन गरेर नागरिकता प्रदान गर्ने काम गरेका थिए ।

यसैगरी, विभेदीकरणमा परेको हौसलपुरमा पुगेर त्यहाँका स्थानीयको समस्या बुझ्ने तथा समाधानको प्रयास गरेका थिए । कैलारी गाउँपालिका स्थित सीमा क्षेत्रमा रहेको हौसलपुर गाउँमा पुग्ने सम्भवतः कैलालीका पहिलो सीडीओ हुन । कैलालीमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा झापाबाट ऋषिराम तिवारी आउने गृहमन्त्रालयले उल्लेख गरेको छ । यसअघि  रिजाल २०७३ सालमा कैलाली आएका थिए ।